७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बिरामी महिलामाथि बलात्कारको आरोपमा मेडिसिटी अस्पतालका चिकित्सक पक्राउ


९ मंसिर २०७६, सोमबार  

0
Shares

९ मंसिर ०७६,ललितपुर । ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालका चिकित्सक रोहितप्रसाद झा पक्राउ परेका छन् ।

अस्पतालमा उपचार गर्न आएकी एक (बिरामी) महिलामाथि जबरजस्ती करणी ( बलात्कार) प्रयास गरेको अभियोगमा प्रहरीले जनरल फिजिसियन झालाई पक्राउ गरेको
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकबहादुर राईले
जानकारी दिनुभयो ।

एसएसपी राईका अनुसार एक महिलाले उपचारका क्रममा झाले आफूमाथि यौन दुव्र्यवहार गरेको उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । झालाई पक्राउ गरी हिरासतमा लिएर जबरजस्ती करणी उद्योगमा अनुसन्धान अगाडि बढाइएको राईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ७ : ५८ बजे