७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका मेयर महर्जन अवाक् बनेपछि


९ मंसिर २०७६, सोमबार  

0
Shares

 

९ मंसिर ०७६,पुल्चोक । अपरान्ह ललितपुर महानगरपालिकाको बगैंचामा भिन्न माहौल थियो । एक सय बालबालिकाहरु बिचमा महानगरका प्रमुख चिरीबाबु महर्जनसँग हुनुहुन्थ्यो ।
त्यसै बेला जनउदय माध्यमिक विद्यालयकी छात्रा दिक्षा घर्तीमगरले प्रश्न सोध्नुभयो,‘म कक्षा दशमा पढ्छु ,तर मलाई पढाउने मावि शिक्षक एक जना मात्रै हुनुहुन्छ । उहाँको विद्यालयमा माध्यमिक शिक्षकको दरबन्दी एक जना शिक्षकको मात्र रहेछ । दिक्षालाई पढाउने अन्य शिक्षकहरु निमावि र प्रावि दरबन्दीका शिक्षक हुनुहुदो रहेछ । उहाँले प्रमुखलाई सोध्नु भयो, प्राविमा पढाउने शिक्षकले माध्यमिक तहलाई पढाएपछि कसरी रिजल्ट राम्रो आउँछ ? प्रमुख महर्जन प्रश्न गरेपछि नगरप्रमुख महर्जन अवाक हुनुभयो । र जवाफ आश्वाशन दिदै भन्नुभयो, यो समस्या म जतिसक्दो छिटो गर्छु ,त्यस्तो अवस्था भोग्नु पर्दैन ।

विद्यार्थीहरुले प्रमुखलाई धेरै प्रश्न गरे । सार्वजनिक सवारीसाधनको अस्तव्यस्ततादेखि विद्यालयको जग्गा मिचिएको विषयसम्म उठाइए ।
विद्यार्थी रेशमा महत्ताले सार्वजनिक यातायातको दुर्दशाबारे प्रश्न सोध्नुभयो ‘प्रत्येक बिहान हामी सार्वजनिक यातायातमा झुण्डिएर कोचिएर यात्रा गर्छौ, कसरी हाम्रो दिन सफल हुन्छ ?’ रेशमाको प्रश्नमा प्रमुख महर्जनले जवाफ दिदै भन्नु भयोे, ‘ट्राफिक व्यवस्थापनको समस्या धेरै छ , यसलाई व्यवस्थित गर्न हामीले ठूला बसहरु झिकाउने योजना बनाएका छौं ।’ फेरि अर्की विद्यार्थीले सोध्नु भयो— वातावरण संरक्षणका लागि महानगरले के गर्दैछ ? प्रमुख इलेट्रिक सवारीसाधन भित्रियाउन लागेको जानकारी दिनु भयो । उहाँले वैशाखको पहिलो साता महानगरको भित्री सडकमा साना इलेट्रिक सवारीसाधन गुड्ने बताउनु भयो । त्यत्तिमात्रै होइन, उहाँले सडकको दुईतिर विरुवा रोपेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, बाग्मती पुल कटेपछि सडकको दुई छेउमा रोपेका बिरुवा हलक्कै बढेका छन, त्यसको संरक्षणको लागि पानी हाल्ने ट्याकर महानगर किनेको छ ।’ उहाँले रिडरोडमा तीन हजार बिरुवा रोपको जानकारी दिनुभयो ।
खोकनाको रुद्रायणी विद्यालयमा पढ्ने विद्यार्थीले सोध्नु भयो । ‘ खोकनाको रुद्रायणी मन्दिरलाई भूकम्पले जीर्ण बनाएको छ, त्यो भत्किए विद्यार्थी र स्थानीयमा क्षति पुग्न सक्छ त्यस तर्फ ध्यान दिने कि ? ’ ती विद्यार्थीको संवेदनशीलता देखेर उपस्थित सबै भावुक भए । नगरप्रमुख महर्जनले यो मन्दिरको पुनर्निर्माण सुरु भइसकेको बताउनु भयो । ललितपुर महानगरका सातवटा विद्यालयका बालबालिकासँग तीन घण्टा बिताउनु भएका नगरप्रमुख चिरीबाबु महर्जनले झण्डै पचास प्रश्नको जवाफ दिनु भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ९ : १५ बजे