१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कामपालाई पशुबधस्थल व्यवस्थापन गर्न चुनौती


१० मंसिर २०७६, मंगलबार  

0
Shares

१० मंसिर ०७६, काठमाडौं । काठमाडाैका घरधनी र पशुबधस्थल सञ्चालकबीच कुरा नमिल्दा काठमाडौँ महानगरपालिकालाई बधस्थल व्यवस्थापन गर्न चुनौती थपिएको छ । हाल सञ्चालनमा रहेका पशु बधस्थलको जग्गा सञ्चालकका नाममा नभएको र समय किटान गरी सम्झौतानुरुप जग्गाधनीले सञ्चालकलाई जग्गा नदिँदा समस्या भएको कामपाको ठम्याइ छ ।

त्यस्तै व्यवसाय सञ्चालकले आफ्नो जमीन नभएको र जग्गाधनीले जग्गा नदिँदा व्यवस्थितरूपमा व्यवसाय सञ्चालन हुन नसकेमा गुनासो गरेका छन् । “व्यवसाय सुधार गरेर राम्रो बनाउन हामीलाई पनि मन छ तर घरधनीले जग्गा भाडामा दिनका लागि सम्झौता गरेको छैनन् । सम्झौता गरिदिनोस् भन्दा मान्नुहुन्न”, विष्णुमती नदी किनारमा लामो समयदेखि मासु व्यवसाय सञ्चालन गर्दै आउनुभएका सबिक शाही भन्नुहुन्छ, “आज लगानी गरेर संरचना बनाउँला, भोलि उठेर जानोस् भन्ने डर छ, कसरी लगानी गर्ने उनले गुनासो ब्यक्त गरेका छन्

त्यस्तै कामपा, कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले बधस्थल सञ्चालनमा पहिलेभन्दा केही सुधार आए पनि यसले अपुग भएको बताउँदै व्यवस्थापनका लागि कामपाले प्रयास गरिरहेको जानकारी दिनुभएके छ । भण्डारीका अनुसार सम्बन्धित वडाको अगुवाइमा घरधनी र व्यवसायीबीचको समस्या पहिचान गर्ने र नियमित अनुमगन गर्ने कार्यमा कामपा लागिरहेको छ ।

हाल कामपामा करीब ५० बधस्थल सञ्चालनमा छन् ।त्यसैगरी सञ्चालनमा रहेका ९० प्रतिशत पशुबधस्थल नियमविपरीत रहेको कामपाले स्वीकारेको छ । काठमाडौँमा पशुबध गर्ने स्थानकै अभाव छ । अव्यवस्थितरूपमा रातका समयमा पशुबध गरिने खोला किनारामा यत्रतत्र मासुजन्य वस्तुबाट निस्केका फोहर फालिने हुँदा वातावरणलाई थप दुर्गन्धित बनाएको छ । अहिले विष्णुमती नदी किनारामा रहेको लिङ्करोडभन्दा माथिल्लो भेगमा पशुबधशाला छन् ।
पहिले खोलाकै किनारामा पशुबध हुने गरेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १० : १३ बजे