७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


छम्पी पुलमा डोजर अड्केपछि जोखिम


१० मंसिर २०७६, मंगलबार  

0
Shares

फाइल तस्विर : अघिल्लो बर्ष भत्काएको पुल ।

लपु संवाददाता
१० मंसिर ०७६, छम्पी । चापागाँउ छम्पी जोड्ने पुल डोजर ओसार्ने क्रममा सोमबार अड्केपछि जोखिमपूर्ण बनेको छ ।
अघिल्लो बर्ष पनि यसरी नै डोजर ल्याउदा यो पुल भन्केको थियो । एक स्थानीयले नाम नबताउने शर्तमा ललितपुर खबरलाई दिएको जानकारी अनुसार यो पुल त्यस बेला राम्रोसँग मर्मत नगर्दा जोखिमपूर्ण अवस्थामा थियो । बताइए अनुसार वल्डिङ्ग गरेर सामान्य टेको लगाएर राखिएको थियो ।
छम्पीका स्थानीयबासीको मुख्य बजार चापागाँउ हो । स्थानीय बासीन्दाहरु यो पुल तरेर चापागाँउ बजार आउजाउ गर्ने गर्छन् । नख्खु खोला तर्न मुस्किल पर्ने हुँदा यो पुल नहुँदा स्थानीयबासी मर्कामा परेका हुन् ।

डोजर थानकोटबाट भारदेउमा सडक खन्नका लागि ल्याइदै थियो । नख्खु कोरिडोरबाट टिकाभैरव तर्फ गइरहेको एक्टाभेटर बोकेको ट्रक पुलमा अड्केर फसेको थियो ।
छम्पी प्रहरी चौकीका कार्यरत असाई मिन ब. तामाङ्गले पुलको एउटा ड्ण्डी भाचिएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, हामीले सबै जिम्मा वडाध्यक्ष आत्माराम थापालाई लगाइदिएका छौं ।
गोदावरी नगरपालिका ९ छम्पीका वडाध्यक्षले पुलको वण्डिङ्ग बाँचिएको र पुल केही जोखिमयुक्त भएको भए पनि शनिबार बनाइदिने सहमती भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो
पहिले सडक खाल्टो बनाएर लैजाने गरिन्थ्यो । यस पल्ट साँझपख थाहा नपाएर लगेछन् । पुल बाँभियो । साँझको बेला गतसाल पनि यसरी नै पुल भाँभिएको हुँदा टेको लगाएर राखेको
थियो । बाडीले टेको उप्काए लगेपछि पुल जोखिम युक्त थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  १२ : ०४ बजे