१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पशुपतिमा दुर्लभ नागमणि र एकमुखे रुद्राक्षकाे प्रदर्शन


१० मंसिर २०७६, मंगलबार  

0
Shares

१० मंसिर ०७६,काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन पशुपतिको ढुकुटीबाट निकाली औँसीका दिन बिहान सार्वजनिक प्रदर्शन गरिने नागमणि र एकमुखे रुद्राक्ष थन्क्याइएको छ ।

दुर्लभ मानिने नागमणि र एकमुखे रुद्राक्षको दर्शन गर्नु शुभ मानिन्छ । पशुपतिको ढुकुटीमा रहेको नागमणि र एकमुखे रुद्राक्ष प्रत्येक वर्ष बालाचतुर्दशीको अघिल्लो दिन निकालिन्छ । त्यस्तैबालाचतुर्दशीका दिन भगवान् शिवजीको निकटमा राखी भोलिपल्ट बिहान सार्वजनिक रूपमा प्रदर्शन गर्ने गरिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो ।

नागमणि र एकमुखे रुद्राक्षलाई भगवान् शिवको प्रतीक मानिन्छ । पशुपतिमा सयौँ वर्षअगाडीदेखि दुवै बहुमूल्य सामग्री सुरक्षित राखिएको छ । दुवैको दर्शन गर्नाले लाभ हुने र रोकिएको काम सफल हुने धार्मिक विश्वास रहेको छ ।

यसैगरी विश्वासका आधारमा आज मंगल हजारौँ भक्तजनले दर्शन गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।
मध्याह्नसम्म नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन गरी दिउँसो ढुकुटीमा राखिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ०३ बजे