१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बैकिङ कसुर मुद्दामा फरार एक प्रतिवादी पक्राउ


१० मंसिर २०७६, मंगलबार  

0
Shares

१० मंसिर ०७६,काठमाडौं । बैकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका एक जना आज प्रहरीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको छ ।ललितपुर महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जनलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

त्यस्तै उच्च अदालत पाटनको २०७६ असार ८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा रु तीन लाख ५० हजार जरिवाना र १० दिन कैद सजाय तोकिएका महर्जन फरार रहेका थिए ।

महर्जनलाई पक्राउपछि कैद तथा जरिवाना असुलीका लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : ४३ बजे