८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सहकारी शिक्षाको पाठ्यक्रम विकासकाे लागि पहल गरिने


१० मंसिर २०७६, मंगलबार  

0
Shares

१० मंसिर ०७६ ललितपुर । अन्तरराष्ट्रिय सहकारी महासङ्घ–एशिया प्यासिफिकको बैठकले विद्यालय तह र उच्च शिक्षामा सहकारी शिक्षासम्बन्धी पाठ्यक्रम लागू गर्न पहल गरेको छ । राष्ट्रिय सहकारी विकास बोर्डले नेपालमा सहकारी शिक्षाको पाठ्यक्रम विकास गर्ने सम्बन्धमा आज मंगलबार आयोजना गरेको अन्तरराष्ट्रिय बैठकले उक्त कुराको जानकारी दिएको छ ।

सहकारी क्षेत्र देश विकासको मुख्य आधार रहेकाले यससम्बन्धी सम्पूर्ण क्षेत्रमा कार्यरत विज्ञले ज्ञान आर्जन गर्न आवश्यक रहेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बताउनुभयो ।

त्यसैगरी उक्त बठकमा उहाँले भन्नुभयो, “मुलुकमा ३४ हजार ७०० सहकारी छन् । राउटे, चमार, हरुवा आदि संलग्न रहेका सहकारीको ज्ञान लिन सबै क्षेत्रमा रहेका मानिसले उतिकै जरुरी छ ।” उपत्यकाको प्रदर्शनीमार्गमा रहेको संस्कृत विश्वविद्यालयमा आफूहरुले सहकारी शिक्षा लागू गर्न आह्वान गरेको गौतमले बताए।।

मलेशियाको अञ्जकासा संस्थाका अध्यक्ष मोहमद अजलान याह्याले नेपाल सरकारले सहकारी शिक्षा प्रणाली लागू गर्ने प्रयास अगाडी बढाएकोमा खुशी व्यक्त गर्नुभयो । सरस्वती क्याम्पसका प्राध्यापक सञ्जय आचार्यले क्यानाडा, बेलायत र जर्मनीजस्ता मुलुकका विश्वविद्यालयमा सहकारी शिक्षाको पढाई हुने गरेको जानकारी दिनु भएको थियो ।

उहाँले भन्नुभयो, “यस शिक्षाको माध्यमबाट हरेक मानिसले रोजगारी, समयको माग, जिम्मेवारीलगायत निर्णय गर्नसक्ने क्षमताको विकास गर्ने छन् ।” सहकारी शिक्षा औपचारिक शिक्षाभन्दा विलकुलै फरक हुने आचार्यले  जानकारी दिए।

राष्ट्रिय सहकारी महासङ्घका सहायक व्यवस्थापक बबुल खनालले सहकारी क्षेत्रमा विशेष गरी महिलाको सहभागिता बढी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा ३२५ वटा जिल्लास्तरीय सहकारी सङ्घ, २० वटा केन्द्रीय तहका सहकारी सङ्घ, एउटा राष्ट्रिय सहकारी बैंक र एउटा राष्ट्रिय सहकारी महासङ्घ रहेको हुँदा यहाँ सहकारी शिक्षाको अति नै जरुरी भएको छ ।”

सहकारी शिक्षाले मुलुकमा अर्थतन्त्र बढवाका साथै सक्षम जनशक्ति निर्माण गरिदिने खनालको बुझाइ छ । अन्तरराष्ट्रिय सहकारी महासङ्घ एशिया प्यासिफिकका क्षेत्रीय निर्देशक बालु लयेरले मुलुकले भविष्यका पुस्तालाई कसरी सहकारी शिक्षामा बलियो बनाउने भन्नेतर्फ ध्यान दिन अति नै जरुरी रहेको औँल्याउनुभयो ।

कार्यक्रममा नेपाललगायत अन्य छ देश जापान, फिलिपिन्स, चीन, भारत, मलेसिया र सिङ्गापुरका सहकारीकर्मीका बीचमा मुलुकको त्रिभूवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयका प्राध्यापक र केही विद्यार्थीको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ८ : १८ बजे