८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकार र मेडिकल कलेजबीच सहमति, बुधबारदेखि अतिरिक्त शुल्क गर्ने


११ मंसिर २०७६, बुधबार  

0
Shares

११ मंसिर ०७६, काठमाडौं । मेडिकल शिक्षाको शुल्कको विषयमा सरकार र मेडिकल कलेज सञ्चालकबीच दुई बुँदे सहमति भएको छ ।

हिजै (मंगलबार) मध्यरातिसम्म शिक्षा मन्त्रालयमा बसेको सरकार र मेडिकल कलेजका सञ्चालकबीच दुई बुँदे सहमित भएको हो ।

त्यसै सहमति अनुसार निजी मेडिकल कलेजले बुधबारबाट विद्यार्थीसँग लिएको बढी शूल्क फिर्ता गर्ने सहमति बताएका छन् ।

शिक्षा मन्त्रालयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित सरकारी वार्ता टोली र मेडिकल कलेज सञ्चालकबीच साँझ ८ बजेदेखी बैठक बसेको थियो ।

शुल्कको विषयलाई लिएर मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा थिए । मन्त्रिपरिषद बैठकले नै मेडिकल शिक्षाको शुल्क निर्धारण गर्ने गरेको भएपनि मेडिकल कलेजहरुले विभिन्न बाहानामा विद्यार्थीसँग बढी शुल्क उठाउँदै आएका थिए ।

सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्न थालेपछि सरकारले शुल्कको विषयमा छानविन शुरु गरेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले १२ वटा मेडिकल कलेजहरुले विद्यार्थी भर्नामा २ अर्व ८५ करोड १३ लाख १६ हजार २ सय ९७ रुपैयाँ बढी लिएको तथ्यांक बिवरण सहित कारबाहीका लागि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

त्यसैगरी सतर्कता केन्द्रको प्रतिवेदन पछि सरकाले मेडिकल कलेजहरुलाई कात्तिक २५ गते १५ दिन भित्र शुल्क फिर्ता गर्न अन्तिम अल्टिमेटम दिएको थियो । सरकारको अन्तिम अल्टिमेटम आज (मंसिर १० गते) सकिँदा समेत मेडिकल कलेजहरुले शुल्क फिर्ताको प्रक्रिया शुरु गरेका छैन्।

मेडिकल कलेजहरुले शुल्क फिर्ता गर्न आलटाल गरेपछि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले हिजै मंगलबार देखि मेडिकल कलेज सञ्चालक, त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका निकायसँग छलफल शुरु गर्नु भएको थियो ।

 

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : २६ बजे