७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अब तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ : मुख्यमन्त्री पोखरेल


११ मंसिर २०७६, बुधबार  

0
Shares

११ मंसिर ०७६, दाङ ।  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताउनुभएको छ । दाङकोहापुरेमा हिजो मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका पोखरेलले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै अब नेपालले पाँच वर्षपछि दक्षिण एशियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल गर्ने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । सरकारका गतिविधिप्रति प्रतिपक्षी दलले नकारात्मक टिप्पणी गर्न थालेको भन्दै उहाँले सरकारको प्रगति हेर्न तीन वर्ष कुर्न अपिल गर्नुभयो । जिल्लाको विकासका लागि प्रदेशसभा सदस्य स्व उत्तरकुमार वली सधै लागिपरेको भन्दै मुख्यमन्त्री पोखरेलले भविष्य कोर्ने जिम्मेवारी अब नेकपाका उम्मेदवार विमला वलीको काँधमा आएको बताउनुभयो । उक्त अवसरमा नेकपा प्रदेश ५ का अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।