८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आत्महत्या दुरुत्साहनको आरोपमा शिक्षक पक्राउ


११ मंसिर २०७६, बुधबार  

0
Shares

११ मंसिर ०७६, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ का खैरनाका मोहनसिंह ऐरी आत्महत्या दुरुत्साहनको आरोपमा हिजै मंगलबार पक्राउ परेका हुन् ।

विषालु पदार्थ सेवन गरी आत्महत्या गर्न आफ्नै श्रीमतीलाई बाध्य पारेकोे भन्दै मृतक ऐरीका बुबा शेरसिंह बोहराले ज्वाइँविरुद्ध ‘आत्महत्या दुरुत्साहन’को किटानी जाहेरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बजानकारी दिनु भयो ।

गतसोमबार सरस्वती ऐरीको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । “आत्महत्या दुरुत्साहनअन्तर्गत दिएको किटानी जाहेरीका आधारमा शिक्षक ऐरीलाई पक्राउ गरी अनुसन्धानको कार्य अगाडि बढाइ सकेको, प्रहरी निरीक्षक चन्दले जानकारी दिनु भयो ।
त्यस्तै बेलौरी घर भएका शिक्षक ऐरी हालकैलालीको कालिका माविमा अध्यापन गराउँदै आएका छन् ।

त्यस्तै अपराध संहिता २०७४ को १२ परिच्छेदको ज्यानसम्बन्धी कसुरको दफा १८५ को उपदफा १ अनुसार कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो कार्य गर्नेसम्मको परिस्थिति खडा गर्न वा गराए कसुर गर्ने व्यक्तिलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना हुने व्यवस्था रहेको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकै समयमामहिलालाई आत्महत्या गर्न बाध्य पारिएको घटनाको महिला अधिकारकर्मीले भत्र्सना गर्दै सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न माग समेत गरेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ९ : ५१ बजे