७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालोपत्रे अघिको चापागाँउ सडक


११ मंसिर २०७६, बुधबार  

0
Shares


११ मंसिर ०७६,चापागाँउ । ललितपुरको चापागाँउ सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । दुई बर्ष अघिदेखि लगातार धुलो धुवाँमा बाँचेका यहाँका स्थानीय सफा सडकमा हिड्न पाउने भएका छन् ।


ललितपुरको ठेचोबाट कालोपत्रेका लागि ग्राइभेल गर्न थालेका छन् । अहिले ग्राइभेल राख्ने काम चापागाँउ बजारसम्म आइपुगेको छ ।
विहान १० बजेबाट यस सडकमा गाडी चल्न रोक लगाइएको छ । साँझ ४ बजेपछि मात्र यो सडकमा गाडी गुड्न पाउछन् । यस क्षेत्रमा गतिलो वैकल्पिक सडक नहुँदा यात्रुलाई सास्ती खेप्नु गरिरहेको छ । ठेकेदारले रातको समयमा काम नगर्दा स्थानीयबासी सास्ती खेपिरहेका छन् ।


सुखद कुरा सडक कालोपत्रे हुने चरणमा छ ।
२०७२ सालमा स्थानीयबासीको घर नभत्काई सडक विस्तारको ठेक्का लगाएपछि ४ बर्षसम्म सडक बन्न सकेन । सडक विस्तार र निर्माण गर्ने अवधि सकिएपछि सडक यथास्थितीमा कालोपत्रे हुने अवस्था आएको हो ।


यो कालोपत्रेको निर्णय हुनु अघि २ पल्ट सडक बन्द गरेर स्थानीयबासीले आन्दोलन गरेका थिए । यद्यपी आन्दोलन गरेर सडक निर्माणपछि जस लिन तालिएको भन्दै स्थानीय नेताहरुको सडक निर्माणमा राजनीतिकरण भएको गुनासो छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : २४ बजे