७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको गिम्दीका काँग्रेस नेकपामा तानातान


११ मंसिर २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
११ मंसिर ०७६, गिम्दी । ललितपुर गिम्दीमा नेकपा र नेपाली काँग्रेस पार्टीबीच पार्टि प्रवेश गराउने होड नै चलेको छ ।
मंगलबार बागमती गाउँपालिका ७ गिम्दी थुम्की टोलका नेपाली काङ्ग्रेसको कमिटी नै नेकपामा प्रवेश गरेको छ । वडा कमिटिका अध्यक्ष विष्णु बहादुर बस्नेत बाहेक सिंगो कमिटिलाई नै पार्टी नेकपा प्रवेश गरेका हुन् ।
नेकपाका जिल्ला कमिटी सदस्य कृष्ण बलका अनुसार गिम्दी थुम्की का २३ घरधुरी नेकपामा प्रवेश गरेका हुन् । यहाँबाट काङ्ग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुको संख्या २५ भन्दा बढी रहेको बताइएको छ ।


नेकपामा प्रवेश गर्ने स्थानीयहरुलाई स्वागत गर्दै गाउँपालिकाका पार्टी इन्चार्ज नारायण प्रसाद तिमल्सिनाले सबै सदस्यहरुलाई उचित जिम्मेवारी दिएर पार्टी कमिटीलाई बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बुधबार पार्टी कार्यालय उद्घाटन अघि गाँउ नै रित्याएर पार्टी प्रवेश गराएको वलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, साथीहरुलाई नेकपामा स्वागत गरेका छौं अव सबैलाई उचित स्थान दिएर अघि बढ्छौं । उता बुधबार नै  नेकपाका कार्यकर्ता पार्टी छोडेर नेपाली काँग्रेस  प्रवेश गरेका छन् ।  नेपाली काँग्रेसका ललितपुर सभापति मदन बहादुर अमात्य पार्टी कार्यालय उद्घाटनको क्रममा गिम्दी पुग्नु भएको र कार्यक्रममा ३५ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको वागमती गाँउपालिका ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले दावी गर्नुभयो ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ५ : ३७ बजे