७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँउमा सडकको धुलोमा सुकाइन्छ, मिठो तितौरा


१२ मंसिर २०७६, बिहिबार  

0
Shares

चापागाँउ कुस्लेचौरस्थित धुलो उड्ने सडक किनारमा सुकाइएको माडा । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१२ मंसिर ०७६, चापागाँउ । युवा युवती माझ लोकप्रिय तितौरा कसरी बन्छ भन्ने सबैलाई जानकारी नहुन सक्छ । लप्सीबाट बन्ने तितौरा सडकको धुलो आउने फोहोर ठाँउमा सुकाएको पाइएको छ ।
चापागाँउ कुस्लेचौरमा रहेका लप्सीको माडा कारखानामा तितौरा सडकको धुलो उड्ने ठाँउमा सुकाइएको देख्न सकिन्छ । यो लस्सीको माडा खुला ठाँउमा सुकाएको भेट्न सकिन्छ ।
सडक नजिकै फोहोर पानी बगिरहेको छ । त्यही सडक किनारमा रहेको माडा नजिकैबाट धुलो उडाउदै गाडी र मोटरसाइकल चल्ने गरेको छ ।
कारखानाका बाबुकाजी देसार पहिलेभन्दा अहिले सरसफाईमा विशेष ध्यान दिइएको दाबी छ । ‘पहिले जहाँ त्याही फ्याक्ने गरे पनि अहिले सफार्ईमा हामीले ध्यान दिएका छौं ।’ उहाँ भन्नुहुन्छ ।
उपभोक्तामा चेतना आएको कारण अहिले सरसफाईमा ध्यान दिने गरेको उहाले बताउनु भयो ।


यस बर्ष असिना परेकोले लव्सी कम हुदा १ महिना मात्रै काम हुने देसार बताउनु हुन्छ ।
स्थानीय व्यावसायी देसार पाउरोटी, तितौरालगायत खाद्य पदार्थ चाहेर पनि धेरै सफा गर्न सम्भव नहुने दावी गर्नुहुन्छ ।
तर पनि सकेसम्म सरसफाईमा ध्यान दिने गरेको देसार दाबी गर्नुहुन्छ । ‘भईमा माडा सुकाउदा हामी तल प्लाष्टिक राख्ने गरेका छौं ।’ देसार भन्नु हुन्छ ।
देसारका अनुसार माडा बनाउन खाली जमिन धेरै चाहिन्छ । लप्सी पाक्ने सिजन असोज, कार्तिक र मंसिर तीन महिना मात्रै यो काम गर्न सकिन्छ ।
चापागाँउका अर्का माडा कारखानाका संचालक पूर्ण देसार यहाँको लव्सीको माडा असनमा बिक्रि गर्ने बताउनु हुन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  ९ : ४६ बजे