१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपत्यकाको तापक्रम घट्दो क्रममा


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

१३ मंसिर ०७६, काठमाडौँ । केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

त्यस्तैगरी तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । “डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जाने छ”, उहाँले भन्नुभयो, “आज शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम सात डिग्री सेल्सियसमा झरेको छ, बिहीबार उपत्यकाको तापक्रम आठ दशमलव सात डिग्री सेल्सियस थियो ।”

त्यस्तै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । केही दिनयता पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकाकासहित देशका धेरैजसो स्थानमा आंसिकदेखि सामान्य बदली भएको छ । शनिबारदेखि क्रमिक सुधार हुदैँ जाने बताइएको छ । हाल देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रहेको छ ।

आज शुक्रबार राति देशका पश्चिमी र मध्य पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तैगरी शनिबार पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आइतबार पहाडी क्षेत्रमा आंसिक देखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जिरीको न्युनतम तापक्रम दुई दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

रासस

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  २ : ३२ बजे