१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राष्ट्रपति विद्यादेवीबाट रामको जन्तीलाई स्वागत


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

१३ मंसिर ०७६,जनकपुरधाम। राष्ट्रपति विद्यादेवी भण्डारीले सीताराम विवाह महोत्सवअन्तर्गत भारतको अयोध्याबाट आएको प्रतीकात्मक भगवान् रामको जन्तीलाई आज शुक्रबार जनकपुरधाममा स्वागत र सम्मान गर्नुभएको छ ।

सीताराम विवाह महोत्सव–२०७६ मूल समारोह समितिद्वारा जनकपुरधामको बाह्रबिघा ९रङ्गभूमि० मा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले जन्तीलाई स्वागत सम्मान गर्दै प्रतीकात्मक रूपमा रहेका सीता र रामलाई टीका लगाउनुभयो । उहाँले प्रतीकात्मक मिथिला राजा जनककी धर्मपत्नी सुनयनालाई पनि सम्मानलाई गर्नुभएको थियो ।

त्यस्तैगरी गोस्वामी तुलसीदासद्वारा लिखित ‘रामचरितमानस’ अनुसार त्रेतायुगमा बाह्रबिघामा नै धनुष यज्ञ हुँदा भगवान् रामले धनुषमा ताँदो चढाउँदा शिवधनुष खण्डित भएको थियो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले सीतारामको विवाहबाट सुसंस्कारित मिथिला भूमिमा आयोजना हुने गरेको सीताराम विवाहपञ्चमी महोत्सव दुई मुलुकबीचको सेतु बन्न पुगेको बताउनुभयो ।

त्रेतायुगदेखिको अवध र मिथिलाबीचको सांस्कृतिक सम्बन्ध इतिहासमा सधैँ अविस्मरणीय रहने उल्लेख गर्दै उहाँले नेपाल र भारतको सांस्कृतिक तहमा विकसित अटुट सम्बन्धलाई सधैँ कायम राख्नु जरूरी छ बताउनु भयो ।

भूमि व्यवस्था, सहकारी र गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सांस्कृतिक र कूटनीतिक हिसाबले महत्वपूर्ण रहेको सीताराम विवाहपञ्चमीलाई उच्च सम्मान गर्नुपर्ने औँल्याउनुभयो ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल भारतबीच त्रेतायुगदेखिको बेटीरोटीको सम्बन्धलाई निरन्तरता दिन आवश्यक छ भन्नुभयो । प्रदेश नं २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सीतारामको चरित्र उन्नत र संस्कारित समाजका लागि प्रेरणादायी रहेको बताउनुभयो ।

अयोध्याबाट आएका प्रतीकात्मक दशरथको भूमिकामा रहनुभएका कन्हैया दासले रामको चरित्रलाई दिगो बनाउा सीताको अहम् भूमिका रहेको बताउँदै सीतारामको आदर्श मानवीय सभ्यता र संस्कृतिका लागि शिक्षाप्रद रहेको प्रसङ्ग उल्लेख गर्नुभयो ।

नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपाल भारतको सम्बन्ध धार्मिक, साँस्कृतिक एवं प्राकृतिक भएको बताउनुभयो ।

मूल समारोह समितिका संयोजक एवं जानकी मन्दिरका महन्त रामतपेश्वर दासको अध्यक्षतामा भएको सो समारोहमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह र जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले महोत्सवको उपादेयताबारे प्रकाश पार्नुभभएको थियो । त्यस्तै अवसरमा मिथिला नाट्य कला परिषद्का कलाकारद्वारा जानकी लीला ९फूलावारी प्रसङ्गदेखि स्वयंवरको प्रस्तुति भएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : ३४ बजे