१ मंसिर २०८२, आइतबार | Sun Nov 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नक्कली ‘रत्न’ बिक्री गर्ने एक जना पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

१३ मंसिर ०७६ काठमाडौं । नक्कली रत्न(पत्थर) लाई बहुमूल्य भनी बिक्री गर्दै हिँड्ने एक गिरोहलाई प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखाले पक्राउ गरेको छ ।

पत्थरलाई गैरकानूनी रुपमा ओसारपसार गरी करोडौँ मूल्य पर्ने भनी झुक्याएर कारोवार गर्न लागेको भन्ने सूचनाका आधारमा खटिएको महाशाखाका टोलीले उनीहरुलाई काभ्रेको पनौतीबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तैगरी पक्राउ पर्नेमा काभ्रे पनौती बस्ने नवराज खड्का, झापाका हरि खापुङ र यमकुमार गिरी, मोरङका लोकबहादुर सार्की र रौतहटका भीमबहादुर लामा रहेका छन् । उनीहरुको कोठाबाट विभिन्न रङका मोजनाइट, काइनेटिक, ब्ल्याक स्टोन, ग्रिन डायमन्डजस्तो देखिने पत्थर, एलवी डायमन्डजस्तो पत्थर, फेन्सी डायमन्डजस्तो देखिने स्टोन, पुष्पराज, निलम, लसुनिया, रुवि तथा पहेँलो धातुमा जडित औँठी बरामद गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि आज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।