८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दाङमा बम बिस्फोट


१४ मंसिर २०७६, शनिबार  

0
Shares


१४ मंसिर ०७६, दाङ ।  दाङमा उपनिर्वाचनलाई लक्षित गरी  बम विस्फोट गराइएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडानम्वर १६को वडाध्यक्षका लागि आज बिहान हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी बम विस्फोट गराइएको छ ।

निर्वाचन हुने स्थल वडानम्वर १६ बाहुन डाँडामा आज बिहान बिस्फोट भएको हो । बिहान ठूलो बिस्फोट भएको र अहिले सो स्थानमा सुरक्षाकर्मी पुगेर अनुसन्धान थालेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

त्यस्तैगरी बिस्फोटबाट कुनै क्षति भने नभएको प्रजिअ रिजालले जानकारी दिनुभयो । कसले के बिस्फोट गराएको हो भन्ने नखुलेको । आज घोराही १६ मा वडाध्यक्षका लागि मतदान हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ५० बजे