४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चितवनमा ७६ प्रतिशत मतदान


१४ मंसिर २०७६, शनिबार  

0
Shares

१४ मंसिर ०७६, चितवन । चितवनको तीन वटा वडामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । ती वडामा ७५ दशमलव ९७ प्रतिशत मत खसेको छ ।

भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा मतदान भएको हो । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार तीन वटा वडामा कूल मतदाता १३ हजार २८४ रहेकोमा १० हजार ९२ मत खसेको छ । भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१ मतदाता रहेकोमा छ हजार २५० मतदान भएको छ । त्यहाँ ७३ दशमलव ६९ प्रतिशत मत खसेको छ ।

खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ मतदाता रहेकोमा दुई हजार १७२ मतदान भएको छ । यो कूल मतदानमध्ये ८० दशमलव ६८ प्रतिशत हो । त्यस्तै खैरहनी–५ मा दुई हजार १११ मतदाता रहेकोमा एक हजार ६७० अर्थात ७९ दशमलव १० प्रतिशत मतदान भएको छ । निर्धारित समयमा नै ती वडाका मतदान केन्द्रहरुमा मतदान शुरु भएको थियो ।

जिल्लामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्र रहेका थिए । मतपत्र सङ्कलन भइसकेको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–१६ को भरतपुरस्थित चितवन जिल्ला अदालत परिसरमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र खैरहनीको पुरानो नगरपालिका भवनमा निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक पश्चात् आजै मतगणना शुरु गरिने ढकालले बताउनुभयो ।

जिल्लाका तीन वटा वडामा पाँच राजनैतिक दलका १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : ४५ बजे