७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा ७१ दशमलव १७ प्रतिशत मत खस्यो, मत गणना आजै


१४ मंसिर २०७६, शनिबार  

0
Shares

१४ मंसिर ०७६ भक्तपुर । भक्तपुरको क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदका लागि मतदान सम्पन्न भएको छ ।

प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनका लागि २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको छ । तीमध्ये १५ हजार ६६५ पुरुष र १६ हजार ३७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका छन् । यो कूल खसेको मतमध्ये ७१ दशमलव १७ प्रतिशत रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

विसं २०७४ मङ्सिर २१ गते भएको निर्वाचनमा ७५ दशमलव १७ प्रतिशत मत खसेकोमा यसपटकको उपनिर्वाचनमा ४ दशमलव ४ प्रतिशत कम मत खसेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख घमचन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

उपनिर्वाचनमा प्रदेश (क०) मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नं। १० मा गरी १० वटा वडामा कूल २२ मतदानस्थल र ५४ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म नै शान्तिपूर्ण रुपमा मतदान भएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो । नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

मतदान सम्पन्न भएसँगै मुचुल्का गरी मतपेटिका मतगणनास्थलमा पु¥याइएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा आजैबाट मतगणना शुरु हुने प्रजिअ भट्टले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तिम्सिनाले मतगणनाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । मतगणनास्थलमा मतपत्रको सुरक्षाका लागि तारजाली राखिएको बताउदै उहाँले मतगणनास्थलमा सिसी क्यामरा जडान गरिने र सुरक्षा व्यवस्था सबल पारिएको बताउनुभयो ।

सर्वदलीय बैठक आह्वान गरेको र ९ बजेसम्म बैठक बसेर आजै रातिबाट मतगणना गर्ने र भोलि साँझसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ९ : २२ बजे