१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उपनिर्वाचन २०७६ ः पोखरामा नेकपाकी विद्या भट्टराई अगाडि


१५ मंसिर २०७६, आइतबार  

0
Shares


१५ मंसिर ०७६, पोखरा । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना को क्रममा नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिनु भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ को मतगणना सकिँदा नेकपाकी विद्याले ३ हजार २ सय मत ल्याउनु भएको हो भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मात्रै ल्याउनु भएको छ ।
वडा नम्बर ३३ मा कूल ७ हजार ९ सय ९१ मतदातामध्ये ५ हजार ६ सय ४३ मत खसेको थियो ।
अहिले वडानम्बर २१ को मतगणना जारी छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : ०४ बजे