९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कास्की-२ मा विद्या भट्टराईको दोब्बर अग्रता


१५ मंसिर २०७६, आइतबार  

0
Shares

१५ मंसिर ०७६ कास्की । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा कास्की–२ मा नेकपाका विद्या भट्टराईले प्रतिद्वन्द्वीभन्दा दोब्बर मतले अग्रता लिनुभएको छ ।
त्यस्तैगरी पछिल्लो मत परिणाम अनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि हुनुभएको छ नेपाली काङ्ग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाउनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार ११ हजार ८४७ मतका साथ भट्टराई पाँच हजार ९६० मतले अगाडि हुनुभएको छ नेपाली काङ्ग्रेसका खेमराज पौडेलले पाँच हजार ८८६ मत पाउनुभएको छ ।

सो क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका वडा नं १७ र २०, २१ र ३३ को मतगणना सम्पन्न भइसकेको छ र यतिखेर वडा नं ४ र १६ को मतगणना शुरु भएको छ । सो क्षेत्रमा ४५ हजार ५७९ मत खसेकामा अहिलेसम्म ती चार वडामा गरी १९ हजार ३१ मतको गणना भइसकेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  २ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।