३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सप्तरीकाे छिन्नमस्तामा राजपाका नेपाल विजयी


१५ मंसिर २०७६, आइतबार  

0
Shares

१५ मंसिर ०७६सप्तरी। सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को उपनिर्वाचनमा राजपा नेपाल विजयी भएको छ । सो पार्टीका प्रमिलादेवी यादव ५४० मत ल्याई वडाध्यक्षमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । त्यस्तै यादव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अच्छेलाल यादवभन्दा ११ मत बढी ल्याई निर्वाचित हुनुभएको हो ।

यसअघि वडाध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार बनेका अच्छेलाललाई आठ मतको मतको अन्तरले पराजित गरी राजपा नेपालका प्रभाकर यादव निर्वाचित हुनुभएको थियो । उहाँ जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त सो पदका लागि उपनिर्वाचन भएको हो । निर्वाचित प्रमिला प्रभाकर यादवकी श्रीमती हुनुहुन्छ ।

यसैगरी मतगणनाअनुसार नेपाली काङ्ग्रेसका शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेश यादवले ११, राष्ट्रिय प्रजातन्त्र पार्टीका गजेन्द्र मण्डलले दुई, स्वतन्त्र उम्मेवारहरू नुरहसन मन्सुरीले दुई र धीरेन्द्रकुमार यादवले एक मत प्राप्त गर्नुभयो ।
वडाध्यक्षको उपनिर्वाचनमा ७५७ पुरुष र ६४६ महिला गरी एक हजार चार सय तीन मतदाता थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।