७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको क्षेत्र नं १ (क) मा काँग्रेस र राप्रपाको विजय ¥याली


१५ मंसिर २०७६, आइतबार  

0
Shares


१५मंसिर ०७६,भक्तपुर । भक्तपुरको क्षेत्र नं १ (क) मा प्रदेशसभा सदस्यको पदमा विजयी भएपछि नेपाली काँग्रेसले आज विजय ¥याली निकालेको छ । उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी हुनुभएको हो ।

काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा काँग्रेस र राप्रपा ९संयुक्त० ले विजय ¥याली निकालेको हो । प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसलाई राप्रपा संयुक्तले सघाउने यसअघि घोषणा गरिएको थियो । काँग्रेस सभापति थापा, राप्रपा संयुक्तका केन्द्रीय सदस्यहरु रवीन्द्रप्रताप शाह, दिनेश श्रेष्ठ लगायतको सहभागितामा खरिपाटी मतगणनास्थलदेखि कमलविनायकसम्म ¥याली गरिएको थियो ।

त्यस्तै ¥यालीपछि आयोजित सभामा बोल्दै काँग्रेस भक्तपुरका सभापति थापाले यसअघि एमालेले जितेको यो क्षेत्रमा यसपटक काँग्रेसका उम्मेदवार निर्वाचित भएकाले अब काँग्रेसले किल्ला बनाउने दावी गर्नुभयो । उहाँले जनताको पक्षमा काँग्रेसले काम गरेर देखाउने बताउँदै प्रदेशदेखि नगरपालिकासम्म निर्वाचित तत्कालीन एमालेले प्रभावकारी काम गर्न नसक्दा काँग्रेसलाई अवसर आएको बताउनुभयो ।

 

सभामा विजयी भँडेलले जनताले काम गर्ने मौका आफूलाई दिएको बताउँदै जनताको चाहनालाई पूरा गर्ने गरी प्रदेशमा भूमिका खेल्ने र विकासमा टेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राप्रपा ९संयुक्त० का केन्द्रीय सदस्य शाहले काँग्रेसको जीत राप्रपा संयुक्तको पनि जीत भएको बताउँदै अब प्रजातान्त्रिक शक्ति एक भएर विकासमा लाग्नुपर्ने बताउनुभयो ।

रासस

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : ३४ बजे