१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कास्कीको क्षेत्र नं २ मा नेकपाकी भट्टराई विजयी


१५ मंसिर २०७६, आइतबार  

0
Shares

१५मंसिर०७६, पोखरा । कास्कीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ९ नेकपा० का विद्या भट्टराई आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरी विजयी हुनुभएको छ । उहाँ २४ हजार ३९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए ।

यसैबीच, निर्वाचन अधिकृतको कार्यालयद्वारा मतगणनाको नतिजा सार्वजनिक हुनासाथ काँग्रेसका उम्मेदवार पौडेलले नवनिर्वाचित भट्टराईलाई पूmलको माला लगाइ बधाइ ज्ञापन गर्नुभयो । मतगण्नास्थलमा नेकपाका कार्यकर्ता एवं शुभेच्छुकले खुशी साटासाट गर्दै नाराबाजी गरिरहेका छन् । सोही अवसरमा नवनिर्वाचित भट्टराईले मतदातालाई धन्यवाद दिँदै स्व रवीन्द्र अधिकारी र नेकपाप्रति मतदाताले देखाएको भरोसालाई टुट्न नदिने बचनबद्धता प्रकट गर्नुभयो । उहाँले आजै पोखरामा माटोको ढिस्को पुरिएर पाँच जना कामदारको मृत्युमा भएकोमा गहिरो समवेदनासमेत प्रकट गर्नुभयो ।

त्यस्तैगरी २०७५ साल फागुन १५ गते यस क्षेत्रका सांसद् एवं तत्कालीन पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भएको हो । निर्वाचित भट्टराई दिवङ्गत अधिकारीको धर्मपत्नी हुनुहुन्छ । भट्टराई विद्यार्थी कालमा राजनीतिमा सक्रिय भई अनेरास्ववियुको केन्द्रीय सचिव हुनुहुन्थ्यो । त्यस्तै उहाँ शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : ४६ बजे