७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


छाउगोठमा एक महिलाको मृत्यु


१६ मंसिर २०७६, सोमबार  

0
Shares

१६ मंसिर ०७६,डाेटी ।  सुदूरपश्चिम प्रदेशको अछाममा छाउगोठमा  गए राति एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी टोली त्यसतर्फ खटिएको अछाम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । अछाममा अहिलेसम्म छाउगोमै १४ महिलाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।