१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महोत्तरीका चार पद चार दलका पोल्टामा


१६ मंसिर २०७६, सोमबार  

0
Shares

१६ मंसिर ०७६, महोत्तरी ।  महोत्तरी जिल्लामा चार वटा विभिन्न पद चारै दलका पोल्टामा परेका छन् । उपनिर्वाचनमा जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टीे नेपाल र समाजवादी पार्टी एक एक पदमा निर्वाचित भएका छन् ।

पिपरा गाउँपालिकाका अध्यक्षमा ९नेकपा० का विक्रम चौधरी तीन हजार २४९ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याउनुभएको थियो ।

त्यस्तै बलवा नगरपालिका–२ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा काँग्रेसका विपीन पञ्जीयार सुडी ४६१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाका वृजलाल साह सुडीले ३५२ मत ल्याउनुभएको थियो । यसैगरी बलवा ८ मा भएको वडाध्यक्षको निर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतो ६५९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्मल यादवले ३४६ मत ल्याउनुभएको थियो ।

त्यसैगरी मटिहानी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षमा राजपाका रामबाबु नायक ३७५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका जाकिर अन्सारीले ३५५ मत ल्याउनुभएको थियो ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिका अध्यक्षमा राजपा विजयी भएको थियो भने यसपालि नेकपाले बाजी मारेको छ । अन्य तीन स्थानमा पुनः पहिले जितेका दल नै दोहोरिएका छन् । बलवा–२ मा यसअघि पनि काँग्रेसले नै बाजी मारेको थियो । त्यस्तै वडा नं ८ मा पनि यसअघि समाजवादी पार्टी तथा मटिहानी –६ मा यसअघि राजपाले नै जितेका थिए ।

रासस

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ४४ बजे