८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


१३औँ साग: तेक्वान्दोमा नेपाललाई थप दुई स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

0
Shares

१६ मंसिर ०७६ काठमाडौं । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग)अन्तर्गत तेक्वान्दोमा नेपालकी पार्वती गुरुङले स्वर्ण पदक हात पार्नुभएको छ । सातदोबाटोमा भएको खेलमा पार्वतीले २३ देखि २९ वर्ष उमेर समूहको पुम्सेको महिला एकलतर्फको विधामा श्रीलङ्काका खेलाडीलाई पराजित गर्दै स्वर्ण जित्नुभएको हो । यस स्पर्धामा श्रीलङ्काले रजत र भारतले कास्य जित्यो ।

आयशाले जितिन् स्वर्ण

त्यसैगरी सागअन्तर्गत तेक्वान्दोमा नेपालकी आयशा शाक्यले २९ वर्षमाथिको पुम्सेमा स्वर्ण पदक जित्नुभएको छ । आयशाले ७।९४० स्कोर जोड्दै स्वर्ण पदक जित्नुभएको हो । सोही स्पर्धामा भारतकी खेलाडी दोस्रो हुनुभयो भने श्रीलङ्काका खेलाडीले कास्य पदकमा चित्त बुझाउनुभएको छ । यससँगै सागमा नेपालको स्वर्ण पदक नौ पुगेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : ४१ बजे