७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरको कैलाशडाँडामा भ्यूटावर शिलान्यास


१६ मंसिर २०७६, सोमबार  

0
Shares

eQmk’/, !^ dªl;/ . ;”o{ljgfos gu/kflnsf–$ l:yt cgGtlnË s}nfz 8fF8fdf ;fd’bflos ejg;lxt ax’cfoflds Eo” 6fj/ lgdf{0fsf] ;f]daf/ lznGof;kl5 k|;fb u|x0f ub}{ k”j{ pBf]udGqL Pj+ ;f+;b dx]z a:g]t / k|b]z ;efsf ;b:o zzLh+u yfkf . t:jL/ M /d]z lu/L÷/f;;

१६ मंसिर ०७६, सूर्यविनायक । सूर्य्विनायक नगरपालिका–४ स्थित अनन्तलिङ्ग कैलाशडाँडामा सामुदायिक भवनसहित बहुआयामिक दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको छ । पूर्वउद्योगमन्त्री महेश बस्नेत र प्रदेशसभा सदस्य शशीजङ्ग थापाले आज संयुक्त रुपमा दृश्यावलोकन स्तम्भको शिलान्यास गर्नुभएको हो ।
प्रदेश नम्बर ३ भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालयले निर्माण गर्ने उक्त स्तम्भको शिलान्यास गरिएको हो । स्तम्भ निर्माणको पहिलो चरणमा रु ६२ लाख नौ हजार ८८२ को लागतमा आगामी २०७७ जेठ १३ गतेसम्म स्तम्भ निर्माण सम्पन्न गरिसक्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । बयालीस फिट लम्बाइ, ४२ फिट चौडाइ तथा ४० फिट उचाइको टावर निर्माण गरिने भएको छ ।
कार्यक्रममा पूर्वमन्त्री बस्नेतले १० वटा घरवास सञ्चालन गर्नका लागि ब्ल्याङ्केट, डस्टबिन, ह्याङ्गर, डोरम्याट र सिरानी वितरण गर्नुभयो । उहाँले सूर्य्विनायक नगरपालिका–४ स्थित अनन्तलिङ्ग कैलाशडाँडामा दृश्यावलोकन स्तम्भ निर्माणपछि काठमाडौँ उपत्यकालगायतका आसपासका मनोरम दृश्य अवलोकन गर्न र हिमालका दृश्यहरु नजिकबाट हेर्न सकिने बताउनुभयो । प्रदेश सदस्य थापाले यहाँ स्तम्भ बनेपछि स्थानीय बासिन्दाको आयस्तरमा सुधार आउनेछ भन्नुभयो । ९तस्विरहरु संलग्न छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १० : ४४ बजे