१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नेपालको राष्ट्रियता खतरामा छ ःचित्रबहादुर केसी


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

१७ मंसिर ०७६, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको विस्तारवादको नीतिका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश कमिटीले सञ्चालन गरेको कालापानी अभियानको भीमदत्तनगरमा आज गरिएको समापन कार्यक्रममा उहाँले भारतले जारी गरेको नयाँ नक्सामा देखाइएका नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा फिर्ताका लागि सरकारले कूटनीतिक पहलको थालनी गर्नुपर्ने बताउनुभयो ।
उहाँले राजनीतिक दलहरु राष्ट्रियता बचाउनका लागि एकजुट भएका बेला सरकारले कूटनीतिक पहल चाल्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । ‘भारतको विरोध गरे के नै पो आपत्ति आइलाग्छ भन्ने सरकारलाई चिन्ता होला ।’ , उहाँले भन्नुभयो, ‘भूमि फिर्ताका लागि सरकारलाई जनताले दवाव दिनुपर्छ ।’
सत्तामा रहिरहनका लागि नेपालका राजनीतिक दलहरु भारतको इसारामा चल्ने गरेको उहाँको भनाइ थियो । दक्ष युवाहरु स्वदेशमा रोजगारी नपाउँदा विदेशिनु परेको उल्लेख गर्दै उहाँले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यको थालनी सरकारले गर्नुपर्ने बताउनुभयो ।

यही मङ्सिर ११ गते कैलालीको धनगढीबाट शुरु भएको कालापानी अभियान सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, बैतडी, डोटी, दार्चुला हुँदै आज भीमदत्तनगरमा पुगेर समापन भएको हो ।
–––

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ११ : ०७ बजे