१६ मंसिर ०७६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री एन.पी. साउदले उपनिर्वाचनले कांग्रेसको जनमत बढेको र नेकपाको जनमत घटेको बताउनु भएको छ ।
रिपोटर्स नेपालमा मंगलबार आयोजित साक्षतकार कार्यक्रममा उहाले भन्नुभयो,‘यो निर्वाचनले कांग्रेसको जनमत बढेको छ । अहिले दुई तिहाई बहुमतको वर्तमान सरकारमा गम्भिर ह«ास भएको छ । हामी आगामी दुई वर्षमा कांग्रेसलाई पूर्नस्थापित गराउँछौं । कांग्रेस बलियो हुन्छ।’
आफूहरु आगामी निर्वाचनको लागि तयारीमा जुटेको उहाँको धारणा थियो । ‘यो निर्वाचन परीणामलाई सकारात्मक रुपमा लिएका छौं । जनताप्रति हामी हार्दिक आभार र धन्यवाद व्यक्त गर्न चाहन्छौं ।’ उहाले भन्नु भयो ।
यद्धपी उपनिर्वाचनको परीणामले तीनवटै तहका आधारभुत संरचनामा खासै प्रभाव नपर्ने उहाको भनाई छ । यो निर्वाचनले नेकपाप्रति रुची घटाएको छ र कतिपय महत्वपूर्ण ठाउँमा हामीले जित हाँसिल गरेका छौं । भक्तपुर र धरानमा हामीले जित्यौं । कतिपय महत्वपूर्ण वडामा पनि जितेका छौं । यसले कांग्रेसलाई उत्साहित बनाएको छ ।’ उहाले भन्नु भयो ।
१८ मंसिर २०७६, बुधबार
0
Shares
प्रतिक्रिया