११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धर्ममाथि प्रहार भएको भन्दै विश्व भूमीभक्तद्वारा चिन्ता


१८ मंसिर २०७६, बुधबार  

0
Shares


१७ मंसिर ०७६, ललितपुर । विश्व भूमीभक्त हुमबहादुर कार्कीले पछिल्लो समय धर्ममाथिनै प्रहार भएको टिप्पणी गर्नुभएको छ। मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उहाले यस्तो बताउनु भएको हो ।
सम्पूर्ण धर्मभक्तहरु एकीकृत भएर धर्ममाथि भएको प्रहारका विरुद्धमा लड्नुपर्ने उहाको भनाई छ । उहाले भन्नु भयो‘नेपालमा धर्ममाथि पछिल्लो समय लगातार प्रहार भैरहेको छ । गुरुहरुले गल्ती गर्नुभएको छ भने कानूनी रुप बराबरले गल्तीको सजाय पाउनुपर्छ । तर, हाम्रो हिन्दू शक्ति पीठहरुलाई नै बद्नाम गरिएको छ । यहाँ एउटा गुरुको मात्रै बद्नाम भएन् । हाम्रो संस्कार र देवभक्तिको नै बद्नाम भएको छ । यसलाई बचाउनुपर्ने दायित्व सम्पूर्ण विद्यार्थी वर्ग, प्राविधिक शिक्षा हासिल गरेका चिकित्सक, ईन्जिनियरहरु सबै, पत्रकारहरुले पनि कलम चलाउनुपर्ने अवस्था आएको छ ।’
उहाले छिमेकी–छिमेकी भक्तजनहरुलाई दोष देखाएर दुई छिमेकी भक्तले मात्रै संस्कार मान्ने गरेको र सृष्टिका भक्तले यो दुई देवलोकलाई सिध्याउने रणनीति गरेको हो कि भन्ने लक्षण देखिएको बताउनु भएको छ
उहाले भन्न्ुभयो ,‘देवलोकलाई युद्धभूमी नबनाऔं ।’ उनले कुनै धर्म गुरु पक्राउ पर्दैमा त्यसलाई ढाकछोप गर्ने आफ्नो नियत नरहेको पनि स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ८ : ४८ बजे