८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महिलाले बजाए नौमती बाजा


१८ मंसिर २०७६, बुधबार  

0
Shares

 

बाजा बजाउदै महिलाहरु ।

१८ मंसिर ०७६,काठमाडौं । लोक सांस्कृतिक महिला नौमती बाजा समूहले रिपोर्टस क्लवमा बुधबार पत्रकार भेटघाट कार्यक्रममा नौमती बजाजा बजाएका छन् । क्लवमा बोल्दै उनस्हरुले रोजगारीको अवसर सृजना गर्नुका साथ कला संस्कृतिको जर्गेना गर्न भूमिका खेल्न सकिने बताएका छन् ।
लोकसांस्कृतिक महिला नौमती बाजा समूहकी अध्यक्ष कृष्णा क्षेत्रीले महिलाहरु एकजुट भएर अगाडि बढ्न सकिने सन्देश दिन आफूहरु सक्रिय भएको जानकारी दिनभयो । उहाँले भन्नुभयो,‘देशमा कला र सीप सिकेर गरिखान सकिन्छ, दुःख पाउन विदेश जानुपर्दैन ।’ आफूहरुले ऋणमा शुरु गरेको नौमती समूह अहिले सशक्त बन्दै गएको बताउनु भयो । उहाँले समूहले देशको संस्कृतिको जगेर्ना गर्ने उद्देश्य समेत राखेको बताउनु भयो।
नौमती समूहलाई विदेशबाट पनि सांस्कृतिक कार्यक्रमको निम्तो आउन थालेको जानकारी दिइएको थियो । कृष्णा क्षेत्रीका अनुसार निकट भविष्यमा देशबाहिर सांस्कृतिक कार्यक्रममा सहभागी हुने तय भएको छ ।
नौमती बाजा समूहकी कोषाध्यक्ष अम्बिका परियारले नेपालमा आफ्नै सीप कलाले गरिखान सकिने बताउनु भयो । वैदेशिक रोजगारभन्दा देशभित्रै रोजगारीको अवसर खोज्न महिलाहरुलाई आग्रह गर्नुभयो । उहाले भन्नु भयो, ‘विदेशमा शोषित पीडित हुनुपरेको सुन्दा दुःख लाग्छ, हामी महिलाले एक भएर देशभित्र धेरै गर्न सक्छौं ।’
नौमती बाजा समूहका गुरु ध्रुव नेपालीले महिलाहरुले बाजा किनेर, सिकेर त्यसलाई सदुपयोग गरेकोमा खुशी व्यक्त गरे । कम साधन र स्रोतका बाबजुद पनि महिला नौमती बाजा समूहले ठूलो उपलब्धि हासिल गरेको बताएका छन् ।
कार्यक्रममा लोक सांस्कृतिक महिला नौमती बाजा समूहले बाजा बजाएर कला प्रदर्शन गरे । नौ जनाको समुहमा रहेका उहाँहरुले ढलके, दमाहा, नरसिंहा, सहनाई, ट्यांको र झुरमा बजाएका थिए । उनीहरुले भविष्यमा साधन बढाउँदै लैजाने समेत बताए ।
लोक सांस्कृतिक महिला नौमती बाजा समूहमा कृष्णा क्षेत्री अध्यक्ष, पुनम भुसाल सचिव, अम्बिका परियार कोषाध्यक्ष, सदस्यहरु विष्णु परियार, नम्रता भुसाल, सरीता परियार, राधिका परियार, रीता नेपाली, मीना परियार र गुरु ध्रुव नेपाली रहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ४५ बजे