१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ज्ञानेन्द्र शाहीद्वारा कालापानीको प्रमाण सार्वजनिक


१८ मंसिर २०७६, बुधबार  

0
Shares

बोल्दै ज्ञानेन्द्र शाही ।

१८ मंसिर ०७६, काठमाडौं । नेपालका लागि नेपाली अभियन्ता ज्ञानेन्द्र शाहीले सरकारले आफ्नो गुमेको भूमी फिर्ता ल्याउनको लागि अविलम्ब कुटनीतिक पहल गर्नुपर्ने माग गर्नुभएको छ । नेपाल र नेपालीहरुले मान्दै आएको टिंकरको एक नम्बर पिल्लर नै नक्कली रहेको शाहीको भनाई छ ।
उहाले भन्नुभयो,‘लिपुलेक नेपालको मध्यभागमा पर्छ । नेपालको सीमाना लिम्पियाधुरा हो । काली नदीको किनार हो । अहिले भारतले काली नदी पनि नक्कली हो ।’ उहाले नेपालको सिमाना भारतले मात्रै नभएर चीनले पनि मिचेको दाबी गर्नुभयो । उहाले भन्नुभयोे,‘हामीले नक्कली पिल्लरलाई मानेर हाम्रो भूभाग गुमाईराखेका छौं । मैले ल्याएको प्रमाण, एउटा लालपुर्जा त्यहाँको नागरिकको, यो लुज सिट भन्छ, अर्को भनेको पिल्लर गाँड्ने मान्छे, जसले २०१७, २०१८ सालमा पिल्लर गाड्ने काम गरे । नेपाल सरकारले यो लालपुर्जा, भैरव रिसाल दाईले अस्ति ल्याउनुभएको नक्शा र भिडियो, तिरो तिरेको प्रमाण सबै लिएर नेपाल अन्तर्राष्ट्रिय अदालत गयो भने हाम्रो सिमा शत प्रतिशत फिर्ता हुन्छ ।’
उहाका अनुसार टिंकरमा एक नम्बर पिल्ल गाड्ने मान्छेमा प्रेम सिंह धामी र मान बहादुर बम हुन् । मंसिर १० गतेदेखि मंसिर १६ गतेसम्म दार्चुलाका विभिन्न स्थानमा पुगी आफूले संकलन गरेको ऐतिहासिक प्रमाण र भिडियो सार्वजनिक गर्न बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले यस्तो माग गर्नुभएको थियो । भारतले मिचेको नेपाली भूमी फिर्ता गर्नको लागि सरकारले अविलम्ब कुटनीतिक पहल गर्नुपर्ने उहाको माग छ ।
उहाले भन्नुभयोे,‘नेपालसँग यथेष्ट प्रमाण छ, हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ । सरकारसँग यो कदम चाल्नको लागि आग्रह गर्दछु । यदि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अन्तर्राष्ट्रिय अदालतमा जाँदैन भने यो सरकारको लागि नैतिक पतनको बाटो हो ।’
शाहीले नेपालले आफ्नो भूमी एक ईन्चपनि मिच्न दिन नहुने धारणा राख्नुभयो । उहाले भन्नुभयोे,‘नेपालको भूमि मिच्न नदिऔं । हामी सबै एकजुट होऔं ।’ लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूमी भएको बताउँदै यसको प्रमाण आफूले संकलन गरेर ल्याएको पनि उहाले सुनाउनु भयो ।
पत्रकार सम्मेलनको क्रममा उहाले ऐतिहासिक प्रमाणको रुपमा भिडियोसमेत सार्वजनिक गर्नुभयो । जहाँ उहाले हरिबोला गौथला र गोपाल सिंह नपलचौरसँग कुराकानीसमेत गरिएको छ । उहाँहरु कुटी र नाभीका बासिन्दा रहेको बताइएको छ । उहाँहरुहरु अहिले भारततर्फ पुग्नु भएको छ । तर, उहाहरुसँग नेपालको लालपुर्जा र नागरिकता छ । उहाँले भन्नुभयो,‘उहाहरुसँग भएको नेपाली लालपूर्जा नै हाम्रो लागि ऐतिहासिक प्रमाण हो । कालीनदीको बास्तविक मुहान लिम्पियाधुरा हो । तर, नेपालका नेताहरु लिपुलेक पुगेर फोटो खिचाउने काम गर्छन् । भारतले हाम्रो कुटी र नाभी अतिक्रमण गरेको छ । काली नदीको यता नेपाल हो । उता चाहीँ भारत हो ।’
शाहीले दार्चुलाका मान्छे यतिवेला ठूलो पीडामा रहेको पनि सुनाउनु भयो । उहाले भन्नुभयो,‘काली नदीको पारी सबै सुविधा छ, तर यता हाम्रोतिर भने दुःख छन् । पीडामा छन् । अभाव छ । यता हाम्रोतिर भने अभावै अभाव छ । आधारभुत सुविधा केही पनि छैन् ।’ साधारण उपचारको लागि ७ दिन पैदल हिँड्नुपर्ने दार्चुलाका जनताको बाध्यता पनि उनले सुनाउनु भयो । उहाले भन्नुभयोे,‘एक जना भाईलाई भेटेको थिएँ, मैले त्यो भाईलाई सोधेको थिएँ, यहाँबाट खलंगा पुग्न कति समय लाग्छ भनेर, उसले भारत हुँदै गयो भने एक दिनमा पुगिन्छ तर आफ्नै भूमीबाट जाँदा ६ दिन लाग्छ भन्यो । उसले मेरो राष्ट्र नेपाल हो, म नेपाली हुँ, म त नेपाली भूमी हुँदै जान्छु भन्यो ।’

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ८ : ०६ बजे