७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा उत्कृष्ठ स्वयम्सेवीलाई रु. एक लाख पुरस्कार


२० मंसिर २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
२० मंसिर ०७६,ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा उत्कृष्ट तीन स्वास्थ्य स्वयम्सेवकलाई जनही एक लाख रुपैयाँ सहित सम्मानित गर्ने भएको छ ।
विश्व स्वयम सेवक दिवस तथा १६ औं महिला स्वयम सेविका दिवस २०७६ को अवसरमा ललितपुर महानगपालिकाले आयोजना गरेको स्वास्थ्य स्वयंसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा ललितपुुर महानगरका प्रमुख चिरीवावु महर्जनले यस्तो घोषणा गर्नु भएको हो ।
महानगरद्धारा आयोजित कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख महर्जनले भन्नुभयो, ‘ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिको सिफारिसमा आर्थिक वर्ष २०७६÷७७ मा उत्कृष्ट हुने दुई जना महिला स्वास्थ्य स्वयंसेविका र एक जना पुरुष स्वास्थ्य स्वयंसेवकलाई एक–एक लाख पुरस्कार सहित सम्मान गर्नेछौं ।’ नगरप्रमुख महर्जनले महिला स्वास्थ स्वयमसेविका र स्वास्थ्य स्वयमसेवकहरुले उल्लेखनीय काम गरेका कारण स्वदेश तथा विदेशमा उच्च प्रशंशा भइरहेको उहाको धारणा थियो ।
उपप्रमुख गीता सत्यालले स्वास्थ्य स्वयम्सेवकहरुले अमुल्य कामह गरेको वताउनु भयो । ललितपुर महानगरपालिकाले स्वास्थ्यको नीति बनाउँदा महिला स्वयंसेविकाहरुको मागहरुलाई सम्बोधन गर्ने गरी समावेश गरेर जाने उहाको धारणा थियो । उपप्रमुख सत्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरुको योगदानका कारण मातृ मृत्युदर, बाल मृत्युदर घट्न थालेको धारणा राख्नु भयो ।
ललितपुर महानगरका स्वास्थ सल्लाहकार डा मदनकुमार पियाले विश्वमा ११ करोड स्वयंसेवक रहेको र त्यसमा ६० प्रतिशत महिला स्वयंसेविका रहेको जानकारी दिनुभयो । स्वयंसेविकाहरुले महामारी र विपत्तिको वेलामा मद्दत गर्ने हुनाले त्यसबाट समाज लाभान्वित भएको उहाँको धारणा थियो ।
ललितपुर महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले स्वास्थ्य स्वयम्सेवीहरुले आमाले जस्तै निस्वार्थ सेवा गर्ने भएकोले उनीहरुले समाजमा सम्मान पाएको बताए ।
प्रदेश नं.३ ललितपुरका स्वास्थ कार्यालय प्रमुख डा. खगेश्वर गेलालले पूरै जीवन समुदायका लागि समर्पित गर्ने स्वयमसेविकाहरुलाई प्रोत्साहित गरेर उनीहरुको जीवन र स्वास्थ्यको सुरक्षाको प्रत्याभूति दिएर समुदायको स्वास्थ्य स्तरलाई अझ राम्रो र प्रभावकारी बनाउन सकिने वताए । स्वास्थ क्षेत्रमा प्रगति हासिल गर्न स्वयमसेवीहरुको महत्वपूर्ण योगदान रहेको वताए ।
‘गाउँ नगरमा महिला स्वास्थ स्वयमसेविका, स्वास्थ प्रवद्र्धनमा अहम भूमिका’ भन्ने नाराका साथ सम्पन्न स्वास्थ्य स्वयंसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा ललितपुर महानगरले वडा स्वास्थ्य कार्यान्वयन समितिका उत्कृष्ट सदस्यहरु, उत्कृष्ट टिवी ट्रेसर, उत्कृष्ट टोल हेल्थ प्रमोटरलगायत ८३ जनालाई सम्मान तथा पुरस्कृत गरेको हो । ललितपुर महानगरमा ५६८ जना स्वास्थ स्वयंसेविकाहरु क्रियाशील छन् ।

जस्तै निस्वार्थ सेवा गर्ने भएकोले उनीहरुले समाजमा सम्मान पाएको बताउनु भयो ।
प्रदेश नं.३ ललितपुरका स्वास्थ कार्यालय प्रमुख डा. खगेश्वर गेलालले पूरै जीवन समुदायका लागि समर्पित गर्ने स्वयमसेविकाहरुलाई प्रोत्साहित गरेर उनीहरुको जीवन र स्वास्थ्यको सुरक्षाको प्रत्याभूति दिएर समुदायको स्वास्थ्य स्तरलाई अझ राम्रो र प्रभावकारी बनाउन सकिने वताउनु भयो । स्वास्थ क्षेत्रमा प्रगति हासिल गर्न स्वयमसेवीहरुको महत्वपूर्ण योगदान रहेको उहाँको भनाई थियो ।
‘गाउँ नगरमा महिला स्वास्थ स्वयमसेविका, स्वास्थ प्रवद्र्धनमा अहम भूमिका’ भन्ने नाराका साथ सम्पन्न स्वास्थ्य स्वयंसेवी सम्मान तथा प्रोत्साहन कार्यक्रममा ललितपुर महानगरले वडा स्वास्थ्य कार्यान्वयन समितिका उत्कृष्ट सदस्यहरु, उत्कृष्ट टिवी ट्रेसर, उत्कृष्ट टोल हेल्थ प्रमोटरलगायत ८३ जनालाई सम्मान तथा पुरस्कृत गर्ने भएको हो । ललितपुर महानगरमा ५६८ जना स्वास्थ स्वयंसेविकाहरु क्रियाशील छन् ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  १० : ०१ बजे