२० मंसिर ०७६ काठमाडौं । उपत्यकाको तापक्रम आज बिहान हिजो बिहीबारको भन्दा झण्डै एक डिग्री सेल्सियसले घटेको छ । आज बिहान यो वर्षको कम तापक्रम ४ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
त्यसैगरि हिजो बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस थियो । आज दिउँसोको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान गरेको छ । शुक्रबार पश्चिमी पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली हुने तथा अरु ठाउँको मौसम आशिंक बदली हुने मौसमविद्ले अनुमान छन् । पानी पर्ने संभावना कम रहेको छ।
प्रतिक्रिया