१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अमेरिकी पत्रकारको २० लाख पर्यटक भित्र्याउने ‘फर्मुला’


२२ मंसिर २०७६, आइतबार  

0
Shares

पत्रकार सम्मेलनमा बोल्दै पत्रकार क्रिस्टोफर नोयल ।

२१ मंसिर ०७६, काठमाडौं । क्रिस्टोफर फाउण्डेशन नेपालले भ्रमण वर्ष–२०२० सफल बनाउनको लागि सहयोग गर्ने घोषणा गरेको छ । शनिबार अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनले नेपाल भ्रमण वर्ष–२०२० मा नेपालमा कसरी २० लाख पर्यटक भित्र्याउने भनेर सरकारलाई आफ्नो तर्फबाट थप सहयोग पुर्याउने भएको हो ।
अन्तर्राष्ट्रिय क्षेत्रमा मिडिया रिलेशनसिपमा स्थापित भएका चर्चित डिजिटल मिडियाका अमेरिकन लेखक तथा पत्रकार क्रिस्टोफर नोयलले नेपालको बारेमा अध्ययन तथा अनुशन्धान गरेर हाँसिल गरेको अनुभव सुनाउनु भएको थियो । उहाँले नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सकिने मेथोड पनि सार्वजनिक गर्नुभएको थियो ।
उहाँले आफ्नो मुख्य काम भनेको नै पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि कलम चलाउने भएको सुनाउनु भयो । उहाले भन्नुभयो,‘मैले विश्वका धेरै देशमा बसेर पर्यटनसम्बन्धी काम गरेको छु । ईक्वेडरको सरकारसँग त मैले मिलेर काम गरेको छु । आईसल्याण्ड, म्यानमार, अफ्रिकामा बसेर त्यहाँको पर्यटन विकासको लागि काम गरेको छु ।’
उहाले आफू नेपाल सन् २०१५ मा पहिलोपटक आएको सुनाउनु भयो । उहाले थप्नुभयो,‘म नेपालमा पहिलोपटक आउँदा यहाँ भुकम्प गएको थियो । अमेरिका, अष्ट्रेलिया र बेलायतबाट नेपाल आएका धेरै पर्यटकहरुले अन्नपूर्ण, सगरमाथाको बारेमा थाहा छ, तर उनीहरुलाई अरु ठाउँको बारेमा छैन् । त्यसैले यीबाहेक नयाँ पर्यटकीय गन्तव्य पनि पहिचान गर्नुपर्छ ।’ उहाले मिडियाले पनि पर्यटकहरुलाई नयाँ–नयाँ ठाउँको भ्रमण गर्नको लागि आकर्षण गराउनेगरि फिचर स्टोरीहरु लेख्नुपर्ने सुझाव दिनुभयो ।
उहाले थप्नुभयो,‘मिडिया भनेको शक्तिशाली स्रोत र साधन हो । यदि मिडियाले बर्दिया जानुहोस, त्यहाँ रमणीय ठाउँ छ भनेर लेख्यो भने पर्यटकहरु त्यहाँ जान्छन् । यदि हामीले काठमाडौंमै बस्नुहोस् भनेर लेख्यौं भने उनीहरु यहीँमात्रै बस्छन् । त्यसैले हाम्रो भूमिका पनि महत्वपूर्ण छ ।’ नेपालमा पनि विभिन्न क्षेत्र र ठाउँबाट पत्रकारहरुले प्रतिनिधित्व गर्ने सुनाउँदै सबैले आ–आफ्नो अनुभव आदानप्रदान गर्नुपर्ने उहाको धारणा छ ।
नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरु भित्र्याउनको लागि पर्यटन क्षेत्रमा आवद्ध संघ, संस्थाहरुले योजना बनाउनुपर्ने र सोहीअनुसार अघि बढ्नुपर्ने पनि उहाको सुझाव छ । उनले त्यसको लागि फोर ‘ए’ अर्थात् चारवटा ‘ए’ लाई अघि सारेका छन् । जसमध्ये एट्रयाक्शन, एक्सेस, एकोमोडेसन र एडभर्टाईजिङ रहेका छन् ।
उनले नेपालमा धेरै हिमालहरु रहेकोले ती सबैको आकर्षणको बारेमा प्रचारप्रचार गर्नुपर्ने बताए । त्यस्तै, दोस्रो कुरामा उनले एक्सेस अर्थात पहुँच दिनुपर्ने बताए । त्यसमा भने विमानस्थललगायतका सुविधाको कुरा उल्लेख गरे ।
त्यस्तै, उनले अघि सारेको अर्को सूत्रमा एकोमोडेसन रहेको छ । जसमा राम्रो होटललगायतको सुविधा रहेको छ । चार चौथो सूत्रमा रहेको एडभर्टाईजिङ रहेको छ । यसको लागि सशक्त माध्यम भनेको नै मिडिया भएको उहाको तर्क छ । नेपालको पर्यटन क्षेत्रको विकासको लागि मिडियाले सशक्त भूमिका निर्वाह गर्नसक्ने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : ३४ बजे