७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सासदद्वारा चापागाँउ सडक अनुगमन


२३ मंसिर २०७६, सोमबार  

0
Shares

सडक अनुगमन गर्दै सासंद नवराज सिलवाल चेतनाथ सञ्जेललगायत ।

लपु संवाददाता
२३ मंसिर ०७६, चापागाँउ । ललितपुरका सासंद टोलीले चापागाँउ सडक अनुगमन गरेको छ । सोमबार विहान चापागाँउ टाहाखेलबाट सडक अनुगमन गरेको टोलीले ठेचोसम्म पुगेर सडक अनुगमन गरेको हो ।
अनुगमनमा प्रदेश सासद चेतनाथ सञ्जेल,राजकाजी महर्जन,संघीय सासंदहरु नवराज सिलवाल र पम्पा भुसाल सहभागी हुनु हुन्थ्यो ।
अनुगमनमा ललितपुर प्रहरी प्रमुख टेबहादुर राई वडाध्यक्ष वडासदस्य लगायत जनप्रतिनिधिहरुको पनि बाक्लो सहभागिता थियो ।
प्रदेश सासद चेतनाथ सञ्जेलले सडक अनुगमनपछि आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘सडक राम्रो ढंगले बनेकोछ । तल्कालका लागि २ लेन गाडी चल्ने अवस्था छ ।’
सडक कालोपत्रे सन्दर्भमा अनावश्यक राजनीतिक करण भएको र प्रतिपक्षी दलले आन्दोलन गरेपछि सडक निर्माण भएको टिप्पणी हुन थालेको भन्दै सञ्जेलले असन्तुष्टि जनाउदै भन्नु भयो , ‘सडक हामी सबैले पहल गरेर निर्माण भएको हो । कसैले एकलैटी जस लिने गरि राजनीति हुनु राम्रो होइन ।’


ऋर्का सासंद राजकाजी महर्जनले सडक निर्माण शुरु भएपछि स्थानीयले बधाई दिनथालेको बताउनु भयो । उहाले भन्नु भयो,‘सिभिल होमबाट सुनाकोठीतर्फ सडक कालोपत्रेको काम शुरु भएको छ । हामी छिट्टै कालोपत्रे गरेर स्थानीयलाईधुलो धुँवाबाट मुक्त गराउछौं ।
संघीय सासंद नवराज सिलवालले चापागाँउ सडक नगरापालिका बनाएको भनेर भएको हल्ला गलत भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो,‘यो सडक केन्द्रबाट बजेट हालेर लामो समयसम्म हामी सासंदहरुको टोली धेरै पटक पहल गरेर मात्रै यो सडक निर्माण भएको हो ।’
सासद सिलवालले सडकको ड्रेन निर्माण नगरिएको ललितपुर खबरको प्रश्नको जवाफ दिदै भन्नुभयो, ‘यो अब काम नगरपालिकाले गर्छ । ’

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार  ११ : २८ बजे