७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कालोपत्रे नसुक्दै चापागाँउमा टिपरको जगजगी


२४ मंसिर २०७६, मंगलबार  

0
Shares

सोमबार राती चापागाँउ प्याङ्गगाँउमा काठमाडौं जाने क्रममा लामबद्ध टिपर । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२४ मंसिर ०७६, चापागाँउ । चापागाँउ सडकमा कालोपत्रेका लागि बेस राखेर ठिक्क पारेको अवस्थामा सयौं टिपर गुडेपछि सडक नै विग्रने अवस्था आएको भन्दै स्थानीय बासीले विरोध गरेका छन् ।
दिनमा यात्रुवाहक बस समेत रोकेर मध्यललितपुर अस्तव्यस्त्र बनाएको प्रहरी प्रशासन रातमा लाम लगाएर टिपर राजधानी पठाइरहेको छ । सोमबार राती चापागाँउका रोकिएको लामबद्ध ढुंगा र गिटी बोकेका टिपर प्रहरीले ड्युटी बसेर पठाएको हो ।
कन्टेक कम्पनी प्रा.लि.सँग सव कन्टयाक लिएर सडक कालोपत्रे गरिरहेका लालीगुराँस निर्माण सेवाका दिपक थापा भने टिपरका कारण अहिले सडक बिग्रन्छ भन्ने अवस्था नरहेको दावी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामीले टिपर गुडाउन मिल्दैन भन्ने हो भने हामीले गरेको काम राम्रो भएन भन्ने बुझिन्छ । हामीले राम्रो सडक बनाएका छौं ।’
चापागाँउ सडक निर्माण संर्घष समितीका अध्यक्ष रामभक्त महर्जन ढुंगा गिटी बोक्ने सडक हुँदा हुदै साधुरो साधुरो सडकमै टिपर ल्याउनु राम्रो नभएको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो काम प्रशासन हो । ढुंगा गिटी बोक्ने सडक हुदा हुदै कालोपत्रे विगार्न चापागाँउ सडक प्रयोग गर्नु हुदैन ।’


महानगरिय प्रहरी बृत चापागाँउका प्रमुख रामकृष्ण सापकोटाले प्रहरीको काम निर्णय कार्यान्वयन गर्ने हुँदा निर्णय अनुसार नै काम भएको बताउनु भयो । उहाँले भन्नु भयो, कालोपत्रे भएन पनि भन्ने कालोपत्रे गर्दा बाटो रोकियो पनि भन्न मिलेन नि । सडक बनाउदा बाटो रोक्नु नै पर्ने हुन्छ ।’
ढुंगा गिटी बोक्न चापागाँउको साधुरो बाटो नै प्रयोग गर्न पर्ने अवस्था छैन । राज्यकोषबाट लाखौं चर्खेर हरेक बर्ष नख्खु कोरिडोरको बाटो सफा गरिन्छ । तर व्यावसायी भने त्यो बाटोमा गाडी गुडाउन छोडेर चापागाँउबाट टिपर गुडाउने गर्छन् ।
केही बर्षअघिसम्म चापागाँउ सडकलाई ट्राफिक प्रहरीले निषेधित क्षेत्र घोषित गरे पनि व्यावसायीहरुको दबाबमा टिपर चलाउन दिएको थियो ।
साधुरो कच्ची सडकमा निरन्तर मालवाहक टिपर चलेर विगारेको चापागाँउ सडक लामो संर्घषपछि कालोपत्रे हुन लागेको थियो । कालोपत्रेपछि स्थानीय बासिन्दा जुनसुकै हालतमा टिपर रोक्ने बताउदै आएका थिए ।’

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ९ : ३६ बजे