५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


साग समापनका चार रोचक दृश्य


२५ मंसिर २०७६, बुधबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
२४ मंसिर ०७६, ललितपुर । तेह्रौं दक्षिण एशियाली खेलकुद प्रतियोगिता सफलता पुर्वक समापन  भएको छ । सोमबार साझ राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भव्यताका साथ कार्यक्रमको समापन गरिएको हो ।
समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटवल प्रतियोगिताको फाइनल खेल भएको थियो । नेपालले सो प्रतियोगितामा भुटानलाई १ का विरुद्ध २ गालले पछि पार्दै उपादी चुम्यो । हेरौं कार्यक्रमका रोचक ४ तस्विर ः

त्रिपुरेश्वर चोकको सडकमै बसेर फुटवल हेर्दै दर्शकहरु । तस्विरहरु ः ललितपुर खबर

१.मध्य सडकमा दर्शकको पलेटी
दशरथ रंगशालामा बसेर हुटिङ्ग गर्दै नेपाल र भुटान बत्रीचको फुटवल हेर्ने सपना साँचेर रंगशाला पुगेका दर्शक निराश भए । तर रंगशालाकै आडमा रहेको वल्ड ट्रेड सेन्टरको चार तले भवनमा राखिएको ठूलो विज्ञापन बोर्डमा देखाइएको प्रत्यक्ष प्रशारण हेर्न हजारौंको भीड लाग्यो भीड बढेरमध्य सडकसम्मे पुगेको थियो । धेरै दर्शकहरुले गाडी गुरहेको मध्य सडकमै पलेटी कसेर फुटवल हेरे ।

रंगशालामो स्क्रिनमा प्रधानमन्त्री ओलिले दिनु भएको प्रत्यक्ष मन्तव्यको दृश्य ।

२. विरामी प्रधानमन्त्री र प्रविधि
मृगौलाको खराबीका कारण स्वास्थ्य लाभ गरिरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलि दक्षिण एशियाली खेलकुद प्रतियोगिताको समापन समारोहमा सहभागी हुने अवस्था थिएन । त्यसैले प्रधानमन्त्री ओलीको भिडियो सन्देश रंगशालाको स्क्रिनमा कार्यक्रमको अवधिमा देखाइयो । प्रधानमन्त्री ओलिकोको भिडियो त देखियो तर स्वर सुनिएन । प्रविधिक समस्या आएको उद्घोषक सञ्जिव शिल्पकारको आवाज चाही सुनियो ।


३.जाडोमा नाङ्गो नाच
समापन समारोहको लामो भाषणपछि रंगशालामा नाच गान शुरु भयो । सशस्त्र प्रहरीको पिटी नाचपछि नेपाली सेनाले खुकुरी नाच देखायो । अनि पालो आयो नाइटिङ्गेल एकेडेमीको नृत्य गर्ने पालो ।
सहभागी कलाकारले तल्लो भागमा कपडा बेरेका थिए तर छातीलगायत माथिल्लो भाग नाङ्गै थियो । मंसिर रात अनि चिसो जाडोमा लामो समयसम्म नचाउदा हेर्नेलाई त रमाइलो भयो तर कलाकारलाई कति कठीन भयो होला ।
४.ड्रोनले बनाएको नेपाल
साग समापन कार्यक्रमको अन्तमा ड्रोनमा लेजर लाइट राखेर आर्कशक चित्र र अक्षरहरु देखाइएको थियो । पचासौंको संख्यामा उडाइएको ड्रोलले नेपालको नक्सा बनायो । झण्डा बनायो अनि अन्त्यमा थ्याङ्क्यु लेख्यो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १२ : ३४ बजे