७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंबासीले फोहोर मिसाएर फ्याक्न नपाउने


२५ मंसिर २०७६, बुधबार  

0
Shares

सिसडोल ल्याण्डफिल साइट ।

लपु संवाददाता
२५ मंसिर ०७६, ललितपुर । काठमाडौँ महानगरपालिकाले काठमाडौंबासीको फोहोर उठाउदा जथाभावी मिसाएको फोहोर नलिने तयारी गरिरहेको छ । फोहर ओखरपौवासम्म पु¥याउनका लागि टोलटोलमा नै कुहिने र नकुहिने छ्ट्याएर मात्रै लिने तयारी गरिएको हो ।
व्यवस्थापन समस्या आएको भन्दै महानगरपालिकाका सबै वडामा यस किसिमको व्यवस्था गर्न लागिएको हो । स्थानीय तहले स्रोतमा नै कुहिने, नकुहिने र पुनः प्रयोग गर्न मिल्ने फोहर फकर–फरक तरिकाले राख्ने तथा फोहर सङ्कलन गर्न गएका गाडीमा सोहीअनुरुप फोहर राख्नुपर्ने महानगरपालिकाले जनाएको छ । यसरी फोहर व्यवस्थापन गर्ने कार्यका लागि अहिले महानगरकाका ३२ वटै वडाप्रमुख र अन्य सरोकारवालासँग छलफल गरिरहेको छ । महानगरको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच सहकार्य गर्ने विषय अघि बढेको बताउनुभयो । उहाँले दीर्घकालीन ल्याण्डफिल निर्माणपछि पनि काठमाडौँका स्थानीय तहले वर्गीकरण गरेर मात्रै अन्तिम विसर्जन गर्ने स्थानसम्म लग्नुपर्ने अन्यथा पुनः समस्या आउने जानकारी दिनुभयो । उत्पादन भएका सबै फोहरलाई अन्तिम व्यवस्थापन स्थानसम्म लैजाँदा छोटो समयमै उक्त स्थानहरु भरिने गरेका र धेरै पुनः प्रयोग गर्न मिल्ले फोहरजन्य सामग्रीको पनि प्रयोग हुन नसक्दा यस किसिमको व्यवस्था गर्न लागिएको हो । यस विषयमा सम्बन्धित वडाले नागरिकलाई जानकारी दिनेछ । जानकारीभन्दा फरक तरिकाले फोहर घरधनीले राखेमा उक्त घरको फोहरनै सङ्कलन नगर्ने चेतावनी महानगरपालिकाको छ । फोहरलाई स्रोतमा वर्गीकरण गरेर ल्याण्डफिलसाइटमा पु¥याउनुपर्ने फोहरको परिणाम घटाएर सम्भावित समस्या समाधानको बाटो खोजिएको विभागको भनाइ छ । काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट अहिले नुवाकोटको सिसडोलमा वर्गीकरणबिनाकै फोहरको व्यवस्थापन गरिँदै आएको छ । ककनीमा हाल दैनिक एक हजार मेट्रिक टन फोहर लगिने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सबैभन्दा बढी कामपाबाट दैनिक ५०० मेट्रिक टन फोहर विसर्ज हुने गरेको छ । विगत १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल फोहरले भरिए पनि उक्त स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा दीर्घकालीन फोहर विसर्जनस्थल निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ३३ बजे