७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विकाश प्राधिकरण खारेज गर्न मेयरहरुको माग


२६ मंसिर २०७६, बिहिबार  

0
Shares

२४ मंसिर ०७६, काठमाडौं । ललितपुर, काठमाडौं र भक्तपुरका मेयरहरूले उपत्यका विकास प्राधिकरण खारेज गर्न माग गरेका छन् ।
स्थानीय स्वायत्त शासन नियमावली, २०५६ सँग बाँझिएको भन्दै प्राधिकरण खारेज गर्न फोरमले माग गरिएको हो ।
अठार वटा नगरपालिकाका मेयर र उपमेयर सहभागी रहेको बैठकपछि भक्तपुरमा पत्रकार सम्मेलन गर्दै मेयरहरुको ६ बुँदे निर्णयसमेत सार्वजनिक गरेका छन् ।
स्थानीय स्वायत्त शासन ऐनको परिच्छेद ३ मा नगर परिषद्को काम, कर्तव्य, अधिकार र समितिले स्थानीय क्षेत्रको पूर्वाधार र संरचना विकास समिति बनाउन सक्ने उल्लेख छ ।
ऐनको दफा ९४ को उपदफा (३) को प्रयोजनको लागि नगर परिषद्ले कुनै एक सदस्यको अध्यक्षतामा तीन सदस्यीय विषयगत समिति समेत बनाउन सक्ने भएकाले प्राधिकरणको औचित्य नरहेको फोरमको दाबी छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  १० : २१ बजे