७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ढुंगेधाराबाट पानी झार्न ललितपुरमा समिति गठन


२६ मंसिर २०७६, बिहिबार  

0
Shares


२६ मंसिर ०७६,ललितपुर । ललितपुर महानगरपालिकाल ढुंगेधारामबाट पानी झार्नका लागि योजना अघि बढाउदै उपभोक्ता समिति गठन गरेको छ । महानगरले वडा नं ६ का डा हरिशरण चखुँको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा इन्जिनियर सिर्जना महर्जन, कोषाध्यक्ष माया महर्ज , सचिव पुरुषोत्तम मानन्धरलगायत छन् ।
महानगरले ढुंगेधाराको संरक्षणका लागि भन्दै वडा नं ६ र १७ मा रहेका ३ वटा ढुंगेधारामा पानी झार्ने बताएको छ । वडा नं ६ स्थित सुन्धारा, १७ स्थित सिन्चा हिटी र मनी मण्डप हिटी हालको योजनामा परेका हुन् ।
यो महानगरको गौरवशाली योजना रहेको दाबी गर्दै महानगरका प्रमुख चिरीबाबु महर्जन भन्नु हुन्छ, ‘ सहरलाई सुन्दर बनाउन यी ढुंगेधारामा पानी झार्ने काम थालेका हौं । ’ ढुंगेधारामा पानी झार्न सकिए पर्यटक सजिलै आकर्षित हुने बताउनु भयो ।
महानगरमा भएका ढुंगेधाराको अवस्थाका बारेमा अध्ययन प्रतिवेदन ढुंगेधारा संरक्षण अभियन्ता प्रयागलाल जोशीले प्रस्तुत गरेका गर्नुभयो । उहाले ढुंगेधाराको मुहान मासिएको र संरक्षण नभएकाले पानी आउन छोडेको बताउनु भयो । उहाले भन्नुभयो, ‘ मुहान संरक्षण गर्ने र वर्षातको पानी संकलन गरेर यी धारामा पानी ल्याउँछौ । ’ यी तीन वटा धाराको मुहान नाय्ख्यमा छ । नाय्ख्य ललितपुर महानगरको वडा नं १५ मा पर्छ । जोशीले ढुंगेधाराको सतह भन्दा पानीको मुहान माथि भए पानी सजिलै आउने बताउनु भयो । जोशीले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा महानगरभित्र रहेका ११ वटा ढुंगेधारामा पानी ल्याउन सकिन्छ । ती ढुंगेधारामा अहिले पानी आउँदैन । हाल तीन वटामा मात्रै पानी झार्न महानगरले काम थालेको हो ।
महानगरका सल्लाहकार प्रफुल्लमानसिंह प्रधानले पानी नआउने ढुंगेधाराले सहरको सौन्दर्य बिगारेको तर्क गर्नुभयो । उहाले भन्नुभयो, ‘ यो काम सुरु गर्न अब ढिला गर्नु हुदैन, पानी झर्ने बनाउन दिगो समाधान खोज्नुपर्छ, त्यो भनेको राजकुलोलाई पुनर्जि्वित बनाउनु हो, त्यस तर्फ पनि काम थाल्नुपर्छ । ’
महानगरका सम्पदा शाखाका वरिष्ठ इन्जिनियर रुद्र अधिकारीले उपभोक्ता समितिसँग छिट्टै सम्झौता गरेर काम थाल्ने बताउनु भयो । उक्त योजनालाई सफल बनाउन स्थानीय बासिन्दालाई भूमिका महत्वपूण हुने उहाको दाबी थियो । उहाले भन्नुभयो, ‘ यसो गर्दा तत्काललाई मात्रै होइन, संरक्षणको लागि समेत सहयोग पुग्छ । ’
अध्ययन प्रतिवेदन अनुसार ललितपुर महानगरभित्र ४७ वटा ढुंगेधारा छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ८ : ३३ बजे