७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा देखाइयो पुराना बाजा


२६ मंसिर २०७६, बिहिबार  

0
Shares

प्रर्दशनीको उद्घाटन कार्यक्रममा बाजा बजाउदै बाध्यबादक । तस्विर ः रेणुका बज्राचार्य

पाटन दरबार सङ्ग्रहालयमा पुराना बाजा प्रर्दशन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर आयोजित प्रदर्शनीे डेढमहिने सम्म चल्नेछ ।

प्रदर्शनीमा द, काँ, डमरु, मादल, दमोखी, मृदङ्ग, सारङ, ढ्याङ्ग्रो, नेखिन, शङ्ख, नेकु, डबडब, जोनगडा, पञ्चताल र नगडालगायत बाजा छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पैँतीसौँ विश्व कला नगरीका रुपमा घोषित पाटनको कला, संस्कृति, रीतिरिवाज, परम्परा, मूल्यमान्यताबारे पुराना बाजाले थप उजागर गर्न गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यी प्रदर्शनीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग पु¥याउने छ ।” पुरात्तत्व विभागका महानिर्देशक दामोदर गौतमले  एशियाको उत्कृष्ट सङ्ग्रहालय  पाटन दरबार सङ्ग्रहालयको विशेषता झल्काउन पुराना बाजा  निकै सहयोग गर्ने बताउनुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलेपाटन घुम्न आउने विदेशी पर्यटकलाई पाटनको मूर्त तथा अमूर्त सम्पदाबारे सम्पूर्ण जानकारी लिखित रुपमा प्रदान गर्न आवश्यक रहेको सल्लाह दिनुभयो । उहाँले भन्नुभयो, “यदि लिखित रुपमा पुस्तक, पर्चा, पम्पलेट नेपाली तथा अन्तरराष्ट्रिय भाषामा प्रकाशन गरेर वितरण गर्ने सकियो भने हेरेको भरमा मात्र नभई पढेका आधारमा पनि पर्यटकले यो मन्दिरको नाम यो र अर्काे मन्दिरको नाम यो भन्ने कुरा विदेशमा समेत प्रचार  गर्न सक्छन् ।” नेपालमा विविध प्रकारका कला र संस्कृति रहँदा पुस्तकले बिर्सेका कुरा सम्झाउन थप सहयोग गर्ने जोशीको भनाइ थियो ।

सङ्ग्रहालय सदस्य रेनुका बज्राचार्यले पाटनभित्र रहेको भण्डारखाल पोखरी सुव्यवस्थित, संरक्षण र आकर्षक बनाउन स्थानीय जनसमुदायदेखि राजनीतिक दल सबैको साथ र मायाको अपेक्षा गरिएको बताउनुभयो ।राष्ट्रिय समाचार समिती

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ९ : १८ बजे