१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चितवनमा मोबाइल पत्रकारिता तालीम शुरु


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

२७ मंसिर ०७६, चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले आजदेखि  दुईदिने मोबाइल पत्रकारिता तालीम शुरु गरेको छ । महासङ्घले आफ्नै आन्तरिक स्रोतबाट तालीमको आयोजना गरेको हो ।

तालीमको उद्घाटन गर्दै महासङ्घका जिल्ला अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारितामा नयाँ प्रयोग गर्न यसखालका तालीम आयोजना गरिएको जानकारी दिनुभयो ।

मोबाइललाई अधिकतम प्रयोग गरी सहज रुपमा समाचार लेखन र सम्पादन गर्न तालीम उपयोगी हुनेछ । तस्बीर र भिडियो खिच्न एवं अडियो रेकर्डमा मोबाइलको प्रयोग कसरी गर्ने भन्ने विषयमा तालीम केन्द्रित हुने खतिवडाले जानकारी दिनुभयो ।

त्यैगरि तालीमको प्रशिक्षकका रुपमा खोज पत्रकारिता केन्द्रका रामु सापकोटा रहनुभएको छ । तालीममा जिल्लाका ३२ जना पत्रकार सहभागीता रहेको छ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  २ : २४ बजे