७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भिमसेन मन्दिर पुर्ननिर्माणका लागि ३ करोड संकलन


२७ मंसिर २०७६, शुक्रबार  

0
Shares

२७ मंसिर ०७६, ललितपुर  । ललितपुरको पाटन दरवार स्क्वायरमा अवस्थित भिमसेन मन्दिरको पुर्ननिर्माणका लागि ३ करोड संकलन भएको छ । शुक्रबार मंगलबजारमा ललितपुर महानगरपालिकाद्वारा आयोजित रकम हस्तान्तरण कार्यक्रममा जानकारी दिइए अनुसार छानामा लगाइने सुनको लेपनबाहेक झण्डै ५ करोड लाग्ने अनुमान भए छ ।
कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनले भिमसेन मन्दिर पुर्ननिर्माण सरोकार समितीका संयोजक कृष्णलाल महर्जनलाई एक करोड रुपैया हस्तान्तरण गर्नुभएको छ ।
उद्योग वाणिज्य संघले वाकाथनबाट संकलन गरेको रकम र हिमालयन बैंक लिमिटेडका अध्यक्ष मनोज बहादुर श्रेष्ठले प्रदान गरेको पाँच लाख रुपैयाँ समेत समितिलाई हस्तान्तरण गरिएको छ ।उद्योग वाणिज्य संघले मन्दिर पुनर्निर्माणको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । विभिन्न संघसंस्था र कोषहरुबाट केही रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता प्राप्त भएको समितिका संयोजक कृष्णलाल महर्जनले बताउनु भयो ।
मन्दिर पुनर्निर्माणको लागि आवश्यक प्राविधिक सहयोग काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टले उपलब्ध गराएको छ ।

ललितपुर उद्योग बाणिज्य संघका प्रमुख तथा समिती संयोजक कृष्णलाल महर्जनलाई रकम हस्तान्तरण गर्दै मेयर महर्जन ।

कार्यक्रममा बोल्नै मेयर महर्जनले सरकारसँग रुपैयाँ लिएर सम्पदा पुनर्निर्माण गर्दा सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत रहेर टेन्डर प्रक्रिया मार्फत गर्नुपर्ने बताउनु भयो उहाले भन्नु भयो , ‘टेन्डर गर्दा सबैभन्दा कम कबोल गर्नेलाई दिनुपर्छ, ठेकेदारको क्षमता र योग्यतालाई हेरिदैंन ।’
महानगरले मन्दिर निर्माणका लागि उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्षको संयोजकत्वम भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरेको थियो ।
झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो । गएको चैत २४ गतेबाट मन्दिरको गजुर निकाल्ने कामसँगै भीमसेन मन्दिरको पुनिनिर्माणको काम सुरु भएको हो ।
महानगरका सल्लाहकार तथा ट्रस्टका डा. रोहित रंजितकारका अनुसार भूकम्पले मन्दिरको भित्ताहरु चर्कनुका साथै उत्तरतर्फ ढल्किएको थियो । डा. रोहित रंजितकारले मन्दिरको माथिल्लो तल्लाबाट भत्काउने काम भइरहेको बताउनु भयो । उहाले भन्नु भयो, ‘ सावधानीपूर्वक भत्काउनु पर्छ , धेरै सामानहरु पुनप्रयोग गर्न सकिने हुन्छ । तिनको सुरक्षा गर्दै भत्काइरहेका छौं ।’ मन्दिरको जग पनि कमजोर पाइएको उहाले बताउनु भयो । ‘सबैतिर त होइन, केही ठाउँमा हेर्दा कमजोर देखियो, पुरानो जग भत्काउने होइन, त्यसलाईलाई सपोर्ट हुने गरी बनाउनु पर्छ । ’
यो भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न गर्न दुई बर्ष लाग्ने समितिले बताएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ५ : ४९ बजे