९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा विद्युत पैसा तिर्न इ सेवा


२९ मंसिर २०७६, आइतबार  

0
Shares

२९ मंसिर ०७६, चापागाँउ । दक्षिण ललितपुरको डाँडा काँडामा बस्ने स्थानीयबासीलाई खुशीको खबर अव विजुलीको महसुल तिर्न दिन बिताएर  विजुली अड्डा धाउन नपर्ने भएको छ । यहाँका स्थानीयले इ सेवामार्फत विजुलीको पैसा तिर्न पाउने भएका हुन् ।

आइतबार (आज)ललितपुरको गोटिखेलमा आयोजित कार्यक्रमबाट यो सेवा शुरु हुन लागेको हो । दक्षिण ललितपुर विद्युत सहकारी संस्थाले शुरु गर्ने यो सेवाका लागि आफ्नै एप बनाएर सेवा शुरु हुने संस्थाका अध्यक्ष गोविन्द बजगाईले जानकारी दिनुभयो ।

दक्षिण ललितपुरका महाँकाल, वागमती र कोञ्ज्योसोम गाँउ पालिकाका साथै गोदावरी ७का बासिन्दाले यो सेवामार्फत विल भुक्तानी गर्नसक्ने अध्यक्ष बजगाईले ललितपुर खबरलाई बताउनु भयो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।