१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा नयाँ दमकल सेवा शुरु


२९ मंसिर २०७६, आइतबार  

0
Shares


२९ मंसिर ०७६, काठमाडौँ ।काठमाडौँ महानगरपालिका(कामपा) ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद् व्यवस्थापन गर्न दमकल सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।
साठी मिटर अग्लो भ¥याङ र छ हजार लिटर पानीट्याङ्की क्षमताको दमकल खरीद प्रक्रियामा रहेका छन् । महानगरको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्थानमा नवनिर्मित महानगर वारुणयन्त्र तथा तालीम केन्द्रको शनिबार उद्घाटन समेत भएको छ ।
गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्करापुर र बूढानीलकण्ठ नगरले पनि केन्द्रबाट लाभ उठाउन सक्नेछन् । अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार केन्द्रमा एक दमकल, एक भ¥याङ, एक रेस्क्यु जीप र दुई फायरबाइक राखिएका छन् । साथै यी उपकरण सञ्चालन गर्न १५ अग्नि नियन्त्रक २४सै घण्टा परिचालित हुनेछन् ।

रु आठ करोड ६१ लाख १६ हजार (( सम्पन्न सो केन्द्र तीन रोपनी जमीनमा फैलिएको छ । यसैगरी एक लाख ५) हजार लिटर क्षमताको पानीट्याङ्की ,अग्नि नियन्त्रक, तीन दमकल, तालीमका लागि दुई स ुविधासम्पन्न कार्यक्रमस्थल रहेका छन् ।
विसं २०७५ साउन २८ शिलान्यास भएको थियो । यसअघि कामपामा एक मात्र दमकल केन्द्र रहेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : ४४ बजे