१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वागमतीमा बन्ने भो ‘गाँउको सिंहदरवार’


३० मंसिर २०७६, सोमबार  

0
Shares

गाँउपालिकाको भवन शिलान्याश गर्दै प्रदेश मन्त्री शालिकराम जम्कट्टेल । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
३० मंसिर ०७६, छपेली । गाँउ गाँउमा सिंहदरवारको नारा दिएर सरकारले गठन गरेको स्थानीय निकायले विकाशको एजेण्डा पुरा गर्न धमाधम निर्माणको काम शुरु गरेका छन् । यही क्रममा दक्षिण ललितपुरको वागमती गाँउपालिकाले आफ्नो कार्यालयको भवन निर्माण गर्ने भएको छ । गाँउृपालिकाको नवनिर्मित भवनको प्रदेशका आन्तरिक मामिला तथा कानूमन्त्री शालिकराम जम्कट्टेलल ललितपुरको छपेलीमा शिलान्यास गर्नु भएको छ ।


प्रदेश सासंद चेतनाथ सञ्जेल,पुर्वअर्थराज्यमन्त्री उदय शम्सेर जवरा,गाँउपालिकाका अध्यक्ष विरबहादुर सिङ्तानलगायतको सहभागिता थियो । सात रोपनी जग्गामा निर्माण हुने गाउपालिकाको भवन कविन्द्र पिएम जेभिले निर्माणको ठेक्का पाएको छ ।
ठेकेदारसँग २०७६ मंसिर ८ गते भएको सम्झौता अनुसार २०७८ जेठ १६ गतेभित्र निर्माण पुरा गर्ने जिम्मेवारी छ । वागमती गाँउपालिकाका इन्जिनियर विनोद सुवेदीका अनुसार गाँउपालिकाको ३ वटा भवन निर्माण गरिनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : ५५ बजे