
लपु संवाददाता
१ पुस ०७६, छपेली । दक्षिण ललितपुरको छपेलीमा गतआइतबार स्थानीय नेताहरु एउटै मञ्चमा देखिए । वागमती गाँउपालिकाको भवन शिलान्यास कार्यक्रमको अवसरमा सबैजसो जनप्रतिनिधिहरु निम्त्याएका थिए ।
सार्वजनिक कार्यक्रममा एक अर्काप्रति खनिने स्थानीय नेताहरुको बोली यो मञ्चमा केही नरम देखिए पनि चिसो चिसो वातावरणमा माहोल गरम नै थियो ।
शिलान्यश कार्यक्रममा पहिले बोल्ने पालो पुर्वअर्थमन्त्री तथा ललितपुर १ का पुर्वसासंद उदय शम्सेर राणाको थियो । उहाले कान्तीलोकपथ सडक सुशील कोइरालाको पालामा निर्माण गर्ने निर्णय भएको भन्दै दक्षिण ललितपुरको विकाशमा आफूहरुको योगदान रहेको दावी गर्नु भयो ।
त्यस लगत्तै प्रतिउत्तर भाषण दिदै प्रदेश सासंद चेतनाथ सञ्जेलले विकाशका लामै फेरिहस्त सुनाउनु भयो । उहाले भन्ने भयो, नोली काँग्रेसले पाँच बर्षमा गरेको विकाश निर्माणको काम हामीले २ वर्षमै गरेका छौं ।’ सञ्जेलले वगुवा आश्राङ्ग,हुदै चन्दनपुर सडक विस्तार र कालोपत्रे योजना, प्युटारको अस्पताल,माझखण्डको खानेपानी योजना,तीनपाने महाकाल खोल्चा सडक,माझखण्ड खेल मैदान,कालीदेवि प्िराविधिक शिक्षालय,प्युटारमा एककृत बस्तीजस्ता दर्जन संख्याका योजना सुनाएर आफूले दक्षिण ललितपुरको विकाशका लागि कोशेढुंगा सावित हुने योजना ल्याएको दावी गर्नु भयो ।
ललितपुरका काँग्रेस सभापति मदन बहादुर अमात्यले प्रदेश सासंद सञ्जेलको फेरिहस्त सुनेपछि सरकारी बजेट हाल्न कुनै गाह्रो नभएको उत्तर दिदै भने, ‘विकाश निर्माणका लागि बजेट दिनु ठूलो कुरा होइन ।’
सभापति अमात्यले कार्यक्रममा पेचिलो भाषण गर्दै राजनीतिक संस्कार देखाउन आग्रह गर्नुभयो । उहाँले जितेपछि पेल्न खोजे सिद्धिने चुनौती समेत दिनुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकमराम जम्कट्टेलले सासंद सञ्जेलले वगुवा चन्दनपुर सडकका लागि ३७ करोड बजेट ल्याएको विषय संसदमा आयोचना भएको स्मरण गर्दै भन्नुभयो दक्षिण ललितपुरमा यसपल्ट धेरै बजेट परेको छ । यहाँको विकाश निर्माणमा उहाँको विशेष योगदान छ ।
वागमती गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चनले पनि विकाश निर्माणको जस लिने होडमा सामेल हुनुभयो । उहाँले भन्नु भयो, ‘ललितप्ुरका कुनै पनि गाँउपालिकाले भवन बनाउने आँट गरेका छैनन् । हामीले भवन बनाउने भयौं ।’ यद्यपी लोप्चनले आफूहरुले
मात्रै १० करोडको योजना पूरा गर्न नसक्ने र प्रदेशले भवन निर्माण गर्न सहयोग गर्न भन्दै गुहार माग्नु भएको थियो ।
प्रतिक्रिया