१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सागमा स्वर्ण जित्ने सुवासलाई कोञ्ज्योसोमको एक लाख


१ पुस २०७६, मंगलबार  

0
Shares

पुरस्कार हस्तान्तरण गर्दै प्रदेश सासंद लालकुमारी पुन र गाँउपालिकाको अध्यक्ष गोपिलाल सिङ्गतान ।

१ पुस ०७६, कोञ्ज्योसोम । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता सुवास तामाङ र कास्य पदक रविना श्रेष्ठलाई कोञ्ज्योसोम गाँउपालिकाले सम्मान गरेको छ । मंगलबार गाँउपालिकाले सुवास तामाङ्गलाई नगद १ लाख र कास्य पदक विजेता रविना श्रेष्ठलाई २५ हजार सहित सम्मानित गरेको हो ।
सम्मान तथा पुरस्कार हस्तान्तरणपछि कार्यक्रममा बोल्दै गाँउमा हुर्के बढेका युवाहरुले देशको इज्जत बढाउन पदक जित्नु खुशीको कुरा भएको बताउनु भयो ।
गाँउपालिकाका अध्यक्ष गोपिलाल सिङ्गतानले स्वर्ण पदक कोञ्ज्योसोम गाँउपालिकाका बासिन्दाले देशको लागि पदक जितेपछि गाँउपालिकाको इज्जत बढेको बताउनु भयो । उहाँले भन्नुभयो,‘हाम्रो गाँउपालिका खेल क्षेत्रमा अघि बढिरहेको छ । आगामी दिनमा अन्य विद्यामा पदक जित्ने आशा छ ।’
प्रदेश सासंद लालकुमारी पुनले पहाडको अभाव र कष्ठकर जीवन बाँचेका आदिवासी समुदायले देशको इज्जत बढाउनु गर्वको कुरा भएको बताउनु भयो ।
कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष मिङ्मा लामा र प्रशिक्षक दिपक थापामगरलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : २७ बजे